म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट « Khabarhub

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ ।

बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो ।

दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो । त्यस्तै यहाँका सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।

त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपिडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको अनुगमन टोलीले जनाएको छ ।

पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट करीब आठ लाख बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथ केही म्याद नाघेका औषधि फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

अखाद्य वस्तुलाई कानूनी प्रक्रियाअनुसार नष्ट गरिएको छ । म्याद गुज्रेको अखाद्य वस्तु एमएस सप्लायर्स, कोटभैरब जनरल स्टोर, सुबिन ट्रेडर्स, घटाल सप्लार्यस, कलेल ट्रेडर्स एण्ड सप्लार्यसबाट भेटिएको टोलीले जनाएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोली रहेको थियो ।

सिन्धुली : जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमनका क्रममा फेला परेको म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा पेय पदार्थको माग पनि बढ्ने गरेको र म्याद सकिएका पेय पदार्थ बिक्री वितरण नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले जानकारी दिए ।

म्याद सकिएर पनि बिक्रीका लागि राखिएको चिसो पेय पदार्थ भेटिएकाले सञ्चालकलाई आगामी दिनमा म्याद सकिएका कुनै पनि खाद्यवस्तु बिक्री वितरण नगर्न आग्रह गगरिएको उनले बताए ।

अनुगमनका क्रममा नवदुर्गा ट्रेडर्स र भूपूसैनिक होटल जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बजार अनुगमनमा आठ होटल तथा पसलमा राखिएको चिसो पेय पदार्थको अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : ३८ बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही