पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय « Khabarhub

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस चाहेर पनि कर्जाबाट मुक्ति पाउँदैनन् । भएको सम्पत्ति अनुसार खर्च बढी हुदा“ वा दैनिक खर्चलाई ब्यवस्थापन गर्न नसक्दा कर्जा लिनुपर्ने अवस्था आउने गर्दछ ।

कमाए पनि पैसा नै नजोगिने समस्याका कारण चिन्तित हुनुहुन्छ होला ? यस्ता समस्याका कारण धेरै पीडित भएका हुन्छन् तर यसको समाधान पनि छ । धर्मशास्त्रका अनुसार राशी अनुसार यसलाई समाधान गर्न सकिन्छ ।

मेष राशी

कर्जाबाट मुक्ति पाउनका लागी मेष राशीका ब्यक्तिले हरीयो रंगको गणेश मुर्ति वा पिपल पातमा गणेश आकृती बनाई पूजा अर्चना गर्नुपर्छ । हरेक बिहान, गणेशलाई दूबो अर्पित गर्नुपर्दछ ।

वृष राशी

वृष राशीका ब्यक्तिले देवी लक्ष्मीको बिषेश आरधना गर्नुपर्दछ । हरेक दिन रातो गुलाफको फुल अर्पित गरी लक्ष्मीको उपसना गर्नुपर्दछ । साथै शुक्रवारका दिन मिश्री दान गर्नुपर्दछ ।

मिथुन राशी

कर्जाबाट मुक्ति पाउन मिथुन राशीका ब्यक्तिले हरेक मंगलवार ब्रत राख्नु पर्दछ । हनुमानजीको बिषेश आरधना गरी हनुमान मुर्तीको पाउ धुदा धनयोगको संयोग बन्नेछ ।

कर्कट राशी

कर्कट राशीका ब्यक्तिले कर्जाबाट मुक्ति पाउन सकेसम्म मांसाहारी भोजन गर्नु हुदैन । सात्विक भोजन गर्नुपर्दछ । साथै हरेक बिहिबार केरा दान गर्नाले समेत कर्जा हट्नेछ ।

सिंह राशी

कर्जाबाट मुक्ति पाउन सिंह राशीका ब्यक्तिले शनिवार पीपलको फेदमा सरस्युको तेलमा दियो बाली दिप दान गर्नु पर्दछ । साथै फलामको औठि धारण गर्नुपर्दछ ।

कन्या राशी

कर्जाबाट मुक्ति पाउन कन्या राशीका ब्यक्तिले शिवजीलाई पानिमा तिल मिसाएर उक्त जल अर्पण गर्नुपर्दछ । साथै शनिवारका दिन पारेर मिठो तथा गुलियो परीकार दान गर्नुपर्दछ ।

तुला राशी
तुला राशीका ब्यक्तिले बिहिबार विष्णु सहस्त्रनामको पाठ गर्नुपर्दछ । सकेसम्म उक्त दिन पहेलो रंगको वस्त्र धारण गरेमा बिशेष लाभ हुने गर्दछ ।

वृश्चिक राशी
कर्जाबाट मुक्ति पाउन वृश्चिक राशीका ब्यक्तिले हरेक मंगलवार हनुमानजी लाई तुलसीको दल अर्पित गर्नुपर्दछ । साथै बुधवार पशुलाई चारो ख्वाउनु पर्दछ ।

धनु राशी
धनु राशीका ब्यक्तिले हरेक बिहान भगवान विष्णु र देवी लक्ष्मीको पुजा उपासना गरे कर्जाबाट मुक्ति मिल्नेछ । साथै हरेक शुक्रवार कन्याहरुलाई सेतो मिठाई बाडेमा तत्काल धनयोग हुनेछ ।

मकर राशी
कर्जाबाट मुक्ति पाउन हरेक बिहान गणेशजीको आरधना र आरती गर्नुपर्दछ । साथै हरेक बुधवार गणेशजी लाई हरीयो रंगको इलाइची अर्पित गरी प्रसन्न बनाएमा धन प्राप्ती हुनेछ ।

कुम्भ राशी
कुम्भ राशीका ब्यक्तिले हरेक सोमवार शिवलिंगमा गंगाजल अर्पित गर्नाले कर्जाबाट मुक्ति पाउनेछन् । सेतो रंगको रुमालमा सेता अक्षता पूजा स्थानमा राखेमा धनयोग बन्नेछ ।

मीन राशी
कर्जाबाट मुक्ति पाउन मीन राशीका ब्यक्तिले नित्य सूर्य देवलाई बिहान जल अर्पित गर्नुपर्दछ । साथै हरेक आइतबार गाईलाई सख्खर र रोटि ख्वाउनाले साता भित्रमा धनयोग बन्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ०० बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन