यसकारण झर्छ पुरुषको कपाल, यी हुन् रोकथामको उपाय « Khabarhub

यसकारण झर्छ पुरुषको कपाल, यी हुन् रोकथामको उपाय


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आजकल कतिपय युवामा कपाल झर्ने समस्या देखा पर्न थालेको छ । यसरी उमेर नपुग्दै कपाल झर्ने समस्याका कारण धेरै पुरुष चिन्तित बन्ने गरेका छन् ।

पछिल्लो समय पुरुषको कपाल झर्ने समस्या बढे पछि कतै यो रोग वा कुनै संक्रमण पो हो की भन्ने त्राश समेत हुन थालेको छ । तर कपाल झर्नु आफैमा रोग भने होइन ।

किन झर्छ कपाल ?

कतिपय पुरुषको कपाल झर्नुमा कपालको स्याहार नपुगेर, बिभिन्न तेल तथा जेल प्रयोग गरेर वा वंशानुगत कारणले हुने गर्दछ । यद्यपी सबै पुरुषमा भने कपाल झर्ने समस्या छैन ।

खासमा पुरुषको कपाल झर्नुको पछाडि पुरुषको तालुमा हुने इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गर्नु हो । यस्तोमा कपाल झर्न थाल्दछ । तालुमा हुने टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल समेत बिस्तारै झर्न सुरु गर्छ ।

अझ तनाव वा शरीरमा हुने हर्मोनमा गडबडील समेत यो समस्या आउने गर्दछ । धुम्रपानमा हुने निकोटिनले रक्तनली खुम्च्याउने र शरीरमा अक्सिजनको मात्रा कम गर्नोल पनि कपाल झर्ने गर्दछ ।

रोकथामको उपाय

यदि कोहि युवामा वंशानुगत गुणका कारणले कपाल झर्दै गएको छ वा उमेर बढ्दै जादा वा हर्मोन परीवर्तनको कारणले कपाल झर्ने समस्या भए यो रोकथाम गर्न मुस्किल हुन्छ ।

तर अन्य अवस्थामा जस्तै हानिकारक खानपान, धूम्रपान, मद्यपान लगायतको सेवनबाट कपाल झर्ने समस्या भने मुख बार्नाले कम हुने गर्दछ । साथै मानसिक रुपमा तनाव लिने, कपालमा रसायनयुक्त पदार्थको प्रयोग गर्ने लगायतको बानि सुधारीयो भने पनि कपाल झर्ने रोकिन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ३८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज