दशैँमा पनि काठमाडौंको फोहोर व्यवस्थापन नियमित हुने « Khabarhub

दशैँमा पनि काठमाडौंको फोहोर व्यवस्थापन नियमित हुने


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष दशैंका मुख्य दिनमा पनि फोहोर संकलन गरिने भएको छ । कर्मचारीलाई आलोपालो खटाएर एवं साँझ वा बिहानको समय मिलाएर काठमाडौं महानगरपालिकाले फोहोर उठाउने योजना बनाएको छ ।

‘संकलन भएको फोहोरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पुर्‍याउँछौं’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘विगत बर्षहरुमा दशैँका समयमा साइट बन्द हुन्थ्यो । यस वर्ष हामीले सरसफाइ गर्दै पर्व मनाउने निधो गरेका छौं ।’

उनकाअनुसार दशैँका दिन ल्याण्डफिल्ड साइटमा फोहोर पुगेको यो पहिलो वर्ष हुनेछ । विभागले महानगरबासीसँग स्वच्छ पर्व मनाउने प्रयास गरिरहेको श्रेष्ठको भनाइ छ । यस अवधिमा उद्योग-व्यवसाय-कार्यालय बन्द नै रहन्छन् ।

धेरै मानिस काठमाडौं बाहिर जाने भएकाले फोहोरको मात्रा त्यसै पनि घट्छ । काठमाडौं अन्य सामान्य दिनभन्दा दशैँमा मानिसहरुको संख्या कम हुँदा फोहोर पनि कमै उत्पादन हुन्छ । अहिले मानिसहरुको चहलपहल धेरै हुने ठाउँहरु बजार र मठ—मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्ने लगायतका काम भइरहेका छन् ।

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिले समेत ल्याण्डफिल्ड साइट सञ्चालन हुने हो भने फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कामलाई निरन्तर दिने बताएका छन् ।

‘गएका वर्षहरुमा फूलपातीदेखि द्वादशीका दिनसम्म ल्याण्डफिल्ड साइट बन्द हुने गर्थ्यो’ गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल भन्छन्, ‘ती दिनमा हामीले पनि कर्मचारीलाई बिदा दिने गरेका थियौं ।’

यस वर्षभने साइट सञ्चालन भएमा संस्थाले काम नरोक्ने उनको भनाइ छ ।

दशैँ अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ ।

उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका विभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : ५७ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल