काठमाडौँ– भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट कुनै ठोस नयाँ उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार एक्समा प्रतिक्रिया जनाउँदै उनले भ्रमणको प्रस्तुति र प्रतिबद्धता आकर्षक भए पनि उपलब्धि अपेक्षित सीमामै सीमित रहेको बताएका हुन्।
‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो, उनले भनेका छन् ‘भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ।’
मुनीले संयुक्त भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारको संज्ञा दिँदै यसको कार्यान्वयन दुई देशबीचको राजनीतिक वातावरणमा निर्भर रहने बताएका छन्।
उनले बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतीय प्रस्तावलाई चीनसँग जोडिएको सुरक्षा चासोको विषयका रूपमा समेत व्याख्या गरेका छन्। भारतले नेपालको प्रतिक्रिया परीक्षण गर्न उक्त प्रस्ताव अघि सारेको उनको दाबी छ।













प्रतिक्रिया