विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक नेपाली सेना सहभागी हुँदै « Khabarhub

विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक नेपाली सेना सहभागी हुँदै


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना पहिलो पटक विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुने भएको छ ।

चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि शुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा नेपाली सेना पहिलो पटक सहभागी हुन लागेको हो ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले खेलकुदको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु हुनेछन् ।

जसमा एक सय पाँच राष्ट्रका १० हजार सात सय १९ जना खेलाडीहरु सहभागी हुनेछन् ।

नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पेन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा प्रतियोगितामा सहभागिता जनाउने छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ४९ बजे

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र