विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक नेपाली सेना सहभागी हुँदै « Khabarhub

विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक नेपाली सेना सहभागी हुँदै


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना पहिलो पटक विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुने भएको छ ।

चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि शुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा नेपाली सेना पहिलो पटक सहभागी हुन लागेको हो ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले खेलकुदको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु हुनेछन् ।

जसमा एक सय पाँच राष्ट्रका १० हजार सात सय १९ जना खेलाडीहरु सहभागी हुनेछन् ।

नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पेन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा प्रतियोगितामा सहभागिता जनाउने छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ४९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ