सावधान! मोबाइलको लतले बच्चामा हुनसक्छ ‘गेमिङ डिसअर्डर’ « Khabarhub

सावधान! मोबाइलको लतले बच्चामा हुनसक्छ ‘गेमिङ डिसअर्डर’


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अचेल अधिकांश बच्चाहरुमा मोबाइलमा झुण्डिने लत हुन्छ । यतिसम्म कि रुँदा, कराउँदा, खाना ख्वाउँदा लगायत अनेक अवस्थामा बच्चाहरुलाई मोबाइल दिनुपर्छ ।

यसरी मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने बालबालिकामा मानसिक रोग अर्थात गेमिङ डिसअर्डरको समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो पुस्ताका बालबालिका मोबाइल चलाउने लतका कारण गेमिङ डिसअर्डरको सिकार हुदै गएका छन् । मोबाइल चलाउने तथा मोबाइल गेम खेल्ने बच्चाहरू मोबाइलमै झुण्डिरहे हुने गेमिङ डिसअर्डरलाई विश्व स्वास्थ्य संगठनले मानसिक रोगको श्रेणीमा राखेको छ ।

गेमिङ डिसअर्डर हुँदा बच्चाहरूमा निन्द्रा नलाग्ने, खानपानमा अरुची हुने, परीवारको सदस्य वा समाजमा घुलमिल हुन सक्दैनन् । अझ गेमिङ डिसअर्डरको बिरामी भएपछि ति बच्चाहरु बिस्तारै बालबालिकामा रिसाउने, झर्किने तथा झगडा गर्ने बानी देखापर्छ । बच्चाहरुमा उदासपना बढी देखिन्छ ।

बालरोगका चिकित्सकका अनुसार गेमिङ डिसअर्डर हुने बच्चामा कालान्तरमा नकारात्मक असर पर्ने गर्दछ । बच्चा फकाउने नाममा मोबाइल दिने र त्यसको लत बसाउन अभिभावक नै प्रश्रय दिइरहेका हुन्छ । यो गलत हो ।

यस्ता समस्या भए सकेसम्म मोबाइलको लत छुटाउनु पर्दछ । मोबाइल मात्र होइन कम्प्युटर र टिभीबाट समेत उनीहरुलाई बञ्चित गर्नुपर्छ । अन्यथा उज्यालो स्क्रिन धेरै हेर्दा आँखाको ज्योति गुम्ने तथा टाउकोको समस्या हुने गर्दछ । लगातार मोबाइल हेर्नेहरुमा विस्तारै अन्धोपन समेत हुनसक्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ७ : १२ बजे

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने