तनहुँका ६ स्थानमा निःशुल्क वाइफाई « Khabarhub

तनहुँका ६ स्थानमा निःशुल्क वाइफाई


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको सदरमुकाम दमौलीको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाईको सुविधा उपलब्ध हुने भएको छ ।

व्यास नगरपालिकाका तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपाने र वल्डलिङ्क कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सो सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ती स्थानमा उपकरणसहित पाँच वर्षका लागि वल्डलिङ्कले निःशुल्क वाइफाईको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नगरप्रमुख न्यौपानेले नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गरिने योजनाअनुरुप प्रक्रिया अघि बढाइएको बताए ।

त्यस्तै कम्पनीका सीइओ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत इन्टरनेट सुविधा उपलब्ध गराइएको जानकारी दिए । सम्झौताअनुसार व्यासनगरपालिका–३ को दुुर्गा मन्दिर क्षेत्र, देवी देउराली पुस्तकालय तथा देउरालीनगर सिकाइ केन्द्र, बिपी वनवाटिका खेलमैदान तथा पाञ्चायन मन्दिर, ज्येष्ठ नागरिक केन्द्र, दमौली अस्पताल तथा पार्क क्षेत्र, व्यानपाको पुस्तकालयमा सो सेवा उपलब्ध हुनेछ ।

त्यस्तै व्यासनगरपालिका–२ को कार्यालय र व्यासनगरपालिका–४ को वडा कार्यालय, कालिका जङ्गल पार्क क्षेत्रमा पाँच वर्षका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागिएको व्यासनगरपालिका–३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिए । यसअघि वल्डलिङ्कमार्फत नै व्यास–३ स्थित अनसन चौतारा क्षेत्र तथा नीमचोकमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : २२ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष