बाढीपीडितलाई पुनर्वासको व्यवस्था « Khabarhub

बाढीपीडितलाई पुनर्वासको व्यवस्था


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन् ।

सङ्घीय सरकारका तर्फबाट रु दुई लाख बाढीपीडितलाई प्रदान गर्दै बुधबार मन्त्री थापाले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई सक्दो सहयोग गर्नु मानवीय कर्तव्य भएको बताइन् ।

मन्त्री थापाले बाढीका कारण घरवारविहीन भएका सात घरपरिवारलाई उचित स्थानको खोजी गरी छिटो पुनर्वासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिइन् । बाढीका कारण विस्थापित भएका सात घरपरिवारमध्ये ६ परिवार स्थानीय सरस्वती आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् भने एक जना छोरीज्वाइँकामा बसेका छन् ।

असोज ४ गते राति कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिकाको मृत्यु भएको थियो । एक बालिकाको शव प्राप्त भएको र एक बालिका अझैसम्म पत्ता लाग्न नसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए । बाढीका कारण बुद्ध एकेडेमीका १६ वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ ।

सो अवसरमा वडाध्यक्ष थापालगायत वडा सदस्यहरुले कोटखोलाका बाढीपीडितलाई आफूले पाउने तलब सुविधाबाट रु ५१ हजार सहयोग गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : ३१ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष