रेलिगेशनको टीमसँग हार्यो पीएसजी « Khabarhub

रेलिगेशनको टीमसँग हार्यो पीएसजी


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) रेलिगेसनमा रहेको टीमसँग पराजित भएको छ ।

यो पराजय पीएसजीको यो सिजनको तेस्रो हार हो । शुक्रबार राति भएको खेलमा पीएसजी रेलिगेशन जोनमा रहेको डीजोनसंग पराजित भएको छ । डीजोनले घरेलु मैदानमा लिग लिडर पीएसजीलाई २–१ गोल हान्दै स्तब्ध बनायो ।

खेलको १९ औ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको ईन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा जोन्डर काडिजले डीजोनका लागि विजयी गोल गरेका थिए । मौरो इकार्डी र एडिसन काभानीको प्रहार विफल हुदाँ पीएसजीले बराबरीको मौका गुमाएको थियो ।

तालिकाको पुछारमा रहेको डीजोनले जित निकाल्दै दुई स्थान सुधार गरेको छ । लिग वानमा डीजोन १८ औ स्थानमा उक्लिन सफल भएको छ ।

लगातार ६ जित निकालेको पीएसजीले पछिल्ला चार खेलमा मात्र १७ गोल गरेको थियो । हारेपनि पीएसजी १२ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ५७ बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण