कलंकी– चावहिल सडक विस्तार शुरु, कोटेश्वरसम्म तत्काल नबन्ने | Khabarhub Khabarhub

कलंकी– चावहिल सडक विस्तार शुरु, कोटेश्वरसम्म तत्काल नबन्ने


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी—महाराजगञ्ज—चावहिल सडकखण्ड विस्तारको काम शुरु भएको छ ।
चीन सरकारको सहयोगमा बन्न लागेको यो सडक ११ किलोमिटर रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ०७२ सालमा चीन भ्रमणमा गएका बेला पुरै चक्रपथ विस्तारको सहमति भएको थियो ।

चीन सरकारकोे शत प्रतिशत अनुदानमा विस्तार हुने यो सडक विस्तारका लागि काम शुरु भएको छ । यो सडक विस्तारका लागि ६ अर्ब लाग्ने जनाइएको छ ।

यसअघि चीनले नै वि.स. २०२७ सालमा ४ लेनको रिङरोड सडक निर्माण गरेको थियो । त्यससँगै चीनले २७ किलोमिटर पुरै (चक्रपथ) रिङरोडलाई ८ लेनको बनाइदिने सम्झौता गरेको थियो ।

सम्झौताबमोजिम नै चक्रपथलार्ई विस्तार गर्ने क्रममा यसअघि चीनले कोटेश्वर—कलंकी सडक विस्तार गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

यससँगै ३ वर्षभित्र काम सम्पन्न हुने गरी चीन सरकार आफैंले डीपीआर तयार गरी विस्तारको काम शुरु गरेको आयोजनाका प्रमुख अमृतमणि रिमालले खबरहबलाई जानकारी दिए ।

पहिलो चरणमा रुख काट्ने, सडक क्षेत्र अतिक्रमण गरी बसेका घरटहरा र बिजुलीका पोल हटाउने काम भइरहेको जानकारी दिँदै रिमालले भने ‘योसँगै अब कालोपत्रे लगायत अन्य काम चाँडै अगाडि बढ्नेछ’ ।

‘अहिले रुख काट्ने काम भइरहेको छ, पोल हटाइरहेका छौं’ खबरहबसँगको कुराकानीमा उनले भने ‘यी सबै काम सकिने बित्तिकै ८ लेनको सडक विस्तार हुनेछ’ ।

उनकाअनुसार ढलको व्यवस्थापन, खानेपानी पाइप, विद्युतका पोल, टेलिकमका तार, सरोकारवाला निकायले हटाइसकेका छन्।
प्राराम्भिक चरणका काम सकिएसँगै चिनियाँ टीम आउने र डिजाइनसँगै काम अघि बढ्ने उनले बताए ।

दोस्रो चरणमा विस्तार हुने कलंकी चावहिलखण्डको दुवै किनार र बीचमा वृक्षरोपण हुनेछ । कलंकी महाराजगञ्ज खण्ड विस्तारको क्रममा सडकको ठीक बीच भागमा ‘ग्रीनरी’ सहितको ‘मेडियन’ राखेर बनाइने छ ।

रातीको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने भएकाले यस खण्डमा मेडियन राखिनेछ ।

नयाँ बसपार्कको आकाशे पुल भत्किने

४ लेनको सडकलाई विस्तार गरि ८ लेनको बनाएसँगै नयाँ बसपार्कस्थित आकाशे पुल भत्किने भएको छ । ‘अहिले सडक फराकिलो बनाउँदा बसपार्कको आकाशे पुल भत्किनेछ’ उनले भने उनले भने ‘सडक विस्तार सकिएसँगै नयाँ पुल बन्नेछ’ ।

कलंकीदेखि चावहिलको गोपीकृष्णसम्म पुग्दा भौतिक संरचना हटाउनु नपर्ने बताउँदै रिमाल भन्छन्, ‘यो खण्डको विस्तारमा स्थायी भौतिक संरचना त्यति छैनन् त्यसकारण सडक विस्तारमा खासै समस्या छैन’ ।

चावहिल—कोटेश्वर तत्काल नबन्ने

तेस्रो चरणमा चावहिल कोटेश्वर ७ किलोमिटर खण्ड विस्तार गरिनेछ । जसअन्तर्गत चावहिल गौशालाको १ दशमलव ३ किलोमिटर सडक विस्तार निकै संवेदनशील भएको सडक विभागले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सृचिकृत पशुपतिनाथ मन्दिर रहेकाले यो खण्डमा विकल्प खोज्न पशुपति क्षेत्र विकास कोषले सरकारलाई सुझाव दिइसकेको छ ।

यो क्षेत्र अति संवेदनशील भएकाले तत्काल तिलगंगा कोटेश्वर खण्ड विस्तार नहुने रिमालले बताए । ‘केही समस्या भएकाले यो खण्डको विस्तारका लागि नेपाल सरकार आफैंले डिजाइन तयार गर्नुपर्नेछ’ उनले भने ‘त्यसकारण चावहिल—कोटेश्वर खण्ड विस्तारमा समय लाग्नेछ ।’

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ०२ बजे

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको

एकीकृत समाजवादीबाट सबै कमिटीका बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादीले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन

ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि जाने

काठमाडौं– पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा

कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?

आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा पर्यटक भित्र्याउन