परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो « Khabarhub

परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ ।

परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ ।

उनीसँग सम्बन्ध राख्ने महिलालाई भने २३ पटक बेतको छडीले हानिएको छ । एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकलापमा संलग्न रहेको बेला उनीहरू समातिएका थिए ।

इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ । आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडीले हानिन्छ ।

“यो अल्लाहको कानुन हो । जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,” आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले भने।

उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको हुसेनीले बताए ।

दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ ।

आचेमा काउन्सिलले स्थानीय सरकार र संसद्‍लाई शरिया कानुन बनाउन र लागु गर्न सहयोग गर्छ ।

सन् २०१७ मा त्यहाँ दुई पुरुषलाई यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेपछि ८३ पटक बेतको लौरोले हानिएको थियो ।

यसरी लौरोले हिर्काउने व्यक्तिले परिचय नखुलोस् भनेर आँखाबाहेक अरू सबै शरीर छोपेका हुन्छन् ।

यस्तो सजाय सार्वजनिक स्थलमा दिइन्छ। तर बालबालिकालाई त्यो हेर्ने अनुमति छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ३० बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको