हङकङेली नेपालीका लागि रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक « Khabarhub

हङकङेली नेपालीका लागि रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक



हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन ‘जबलिङ्क कनेक्ट’ को बेटा संस्करण सार्वजनिक गरिएको छ। यो एप विशेषगरी ब्लु कलर कामदार र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न डिजाइन गरिएको हो।

एपको विकास चाइनिज युनिभर्सिटी अफ हङकङको इएमबीए अन्तर्गत एसआईटी हङकङ इनोभेसन नोडमा सञ्चालित ‘थिङ्क लाइक एन इनोभेटर’ पाठ्यक्रमको क्रममा परिष्कृत गरिएको हो। यसले सन् २०१४ बाट नेपाली युवा व्यवसायी डिके दाहालले भाइबर र फेसबुकमा नेपाली समुदायका लागि सुरु गरेको ‘कन्स्ट्रक्सन ग्रुप’ को डिजिटल संस्करणलाई प्रतिनिधित्व गर्ने बताइएको छ।  

यो एपको प्रयोगकर्ताले घरमै बसेर आफ्नो सीप र दक्षताका आधारमा रोजगारीको अवसर खोज्न सक्नेछन् भने रोजगारदाताले पनि सजिलैसँग आवश्यक कामदार पहिचान गर्न सक्नेछन्। हाल हङकङमा धेरै नेपालीहरू बेरोजगार रहेको अवस्थामा, यो एपले रोजगारीको माध्यम सिर्जना गर्ने विश्वास गरिएको छ।

जबलिङ्क कनेक्टले कन्स्ट्रक्सन, होटल, रेस्टुरेन्ट बार, घरेलु कामदार, अङ्गरक्षक, सुरक्षा गार्ड, सवारीचालक, उत्पादन, लजिस्टिक्स, मर्मतसम्भार, स्वास्थ्य सहायता लगायतका क्षेत्रहरूमा ब्लु कलर कामदारहरूलाई छिटो र प्रभावकारी रूपमा उपयुक्त रोजगारीका अवसरहरूसँग जोड्ने लक्ष्य राखेको छ।

हङकङबाट सुरुवात गरिएको यो एपलाई आगामी दिनमा नेपाल लगायत विश्वका अन्य देशहरूमा पनि विस्तार गर्ने योजना रहेको संस्थापक डिके दाहालले जानकारी दिए। जबलिङ्क कनेक्ट समूहले हङकङका नेपाली समुदायलाई सो एप प्रयोग गरी सहयोग आदानप्रदान गर्दै लाभ लिनुका साथै एपको प्रचारप्रसार गरी अत्याधिक व्यक्तिको पहुँचसम्म पुर्‍याउन आग्रह गरेका छन्।

यो एप आइफोनको एप्प स्टोर र एन्ड्रोइड मोबाइलको प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने बताइएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : १८ बजे

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

कञ्चनपुर– निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३

कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री