कम उमेरमै बुढो देखिनुभयो ? यस्तो हुनसक्छ कारण « Khabarhub

कम उमेरमै बुढो देखिनुभयो ? यस्तो हुनसक्छ कारण


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ ।

ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा प्रकाशित भएको हो ।

उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो की बंशाणुगत कारणले भएको हो भन्ने तथ्य बैज्ञानिकहरूले छुट्याउन सक्ने पनि अध्ययनकर्ताहरुले जनाएका छन् ।

अध्ययनकर्ताहरुले अध्ययनमा सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए । तीमध्ये एउटा समूह कहिल्यै धुम्रमान नगरेकाहरुको थियो भने अर्को समूह अहिले धुम्रपान गरिरहने वा विगतमा गरेकाहरूको थियो ।

अन्य कुरा समान रहेको अवस्थामा पनि धुम्रपान गर्ने र नगर्नेका बीचमा तुलना गर्दा धुम्रपान नगर्ने भन्दा धुम्रपान गर्नेहरु बढी बुढो देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बढी धुम्रपान गर्नेहरुमा बुढ्यौली देखिने समस्यासँगै घाँटी, फोक्सो, आन्द्रा, छाला लगायतमा अनेक समस्या देखिने गरेको उनीहरुले जनाएका छन् ।

धुम्रपानको असर उनीहरुले कति मात्रामा धुम्रपान गरेका छन्, त्यहि मात्रामा असर पर्ने गरेको पाइएको पनि अध्ययनकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ४८ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ