रंगिन मिठाइमा हुनसक्छ क्यान्सरको तत्व | Khabarhub Khabarhub

रंगिन मिठाइमा हुनसक्छ क्यान्सरको तत्व


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरुको ठूलो पर्व दशै र तिहार सकिएसँगै यतिबेला काठमाडौं उपत्यका र तराईमा छठ पर्व धुमधामसँग मनाइँदै छ ।
आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समाप्त हुन्छ ।

छठपर्वमा महिला र पुरुषले पञ्चमीका दिनदेखि व्रत बस्ने र पवित्र जलाशयमा स्नान गरी बेलुका खीरको प्रसाद पाकाएर खाने र परिवारका सदस्य तथा आफन्तलाई पनि खुवाउने गरिन्छ ।

यस्तै छठ पर्वको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर रातभर नदी तथा तलाउ किनारमा भजनकीर्तन गरी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन अर्घ दिएर पुजा विर्सन गरिन्छ । त्यसपछि प्रसाद बाँड्ने गरिन्छन् ।

छठ पर्वमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती अदुवालाई प्रसादको रुपमा खाने चलन रहेको छ । पछिल्लो समयमा छठ पर्वमा फलफूल र गेडागुडी भन्दापनि गुलिया मिठाईका परिकारहरु बढी प्रयोग भएको पाइन्छ ।

मैदा, सोडा तथा चामलको पिठोमा धेरै चिनी राखेर बनाईको विभिन्न थरिका मिठाइमा आकर्षक देखाउँन विभिन्न किसिमका रंगको समेत प्रयोग हुने गरेको छ ।

छठका लागि यो पर्व मनाउनेहरुले कतिले घरमै बसेर विभिन्न किसिमका परिकार बनाउँछन् भने कतिले बजारका मिठाइ पसलहरुबाट खरिद गरेर प्रयोग गर्छन् । छठकै लागि बजारमा मिठाइ व्यापारीहरु पनि यतिबेला निकै व्यस्त छन् । मिठाइलाई आकर्षक बनाउने विभिन्न किसिमका रंगको पनि प्रयोग गरिन्छ ।

मिठाइ व्यापारिहरुले विभिन्न किसिमका रंग राखेर छठका लागि लक्षित गरेरै मिठाइका परिकारहरु समेत बनाउने गरेका छन् ।

खाद्यन्नमा प्रयोग गर्ने रंग पनि हुन्छ । तर ती रंगहरु मिठाइ वा खाद्यबस्तु पकाएपछि मात्रै प्रयोग गर्न पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइजन्य खाद्य पदार्थमा स्वीकृत गरिएका खाद्य रंगहरु तोकिएको मात्रामा र तोकिएको विधि अनुसार प्रयोग गर्न भनेको छ ।

विभागले मिठाइजन्य पदार्थमा प्रयोग गर्न मिल्ने र तोकिएको मात्रा र तोकिएको विधि अनुसार प्रयोग गर्न निर्देशन दिएपनि मिठाइ पसलहरुले स्वास्थ्यलाई असर पर्ने रंगहरु आफुखुसी प्रयोग गरिरहेको विज्ञहरु बताउँछन् ।

विभागले गरेका अनुगमनमा पनि अखाद्य रंगको प्रयोग भइरहेको भेटिएका थुप्रै उदाहरणहरु छन् । विभागले केही दिन अघि मात्रै भक्तपुर तथा काठमाडौंका मिठाइ पसलमा गरेको अनुगमनमा पनि अखाद्य रंग मिसाइएको मिठाइ भेटाएको थियो ।

‘हामीले भक्तपुर र काठमाडौंमा २०,२५ वटा मिठाइ पसलमा अनुगमन गरेका थियौं, त्यहा मन्दिरमा चढाउने भन्दै अखाद्य रंग मिसाइएको भेटिएको थियो, त्यो हामीले नष्ठ गरेर आयौं,’ विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले भने, ‘हाम्रो निर्देशिका पनि छ, कुन रंग प्रयोग गर्न पाइने, कुन नपाइने भनेर ।पसलहरुलाई नियम अनुसार मिठाइ पसल सञ्चालन गर्न निर्दैशन दिएका छौं ।’

आकर्षक देखेरै मिठाइ किन्छन्, स्वास्थ्यबारे सोच्दैनन्

पोषणविद् अतुल उपाध्यायका अनुसार सरकारले नै पकाएर खाने मिठाइहरुमा कुनै पनि रंग मिसाउन नपाइने भनेको छ । तर बजारका मिठाइ पसलहरुमा पकाउन तयार पारिएकै मिठाइमा पहिलादेखि नै रंग प्रयोग गरिएको छ ।

बजारमा पाइने अखाद्य रंग मिसाइएका मिठाइहरु खादा स्वास्वास्थ्यमा असर पर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

नेपालीहरु बजारमा पाइने मिठाइहरुको गुणस्तर र स्वास्वथ्यबारे नसोधि मुल्यमात्रै सोधेर खरिद गर्ने गरेको पोषणविद् उपाध्यायको भनाइ छ ।

‘पकाउनुअघि नै रंग राखेर तयार पारिएको मिठाइले स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउँछ, त्यसैले सरकारले पनि पकाउनुपर्ने खाद्यन्न तथा मिठाइमा रंग मिसाउन बन्देज गरेको छ,’ पोषणविद् उपाध्यायले भने, ‘तर कतिपयले पनि बजारमा पाइने मिठाइ आकर्षक देखिएको भरमा मुल्यमात्रै सोध्छन्, त्यसमा कुन रंग मिसाइएको हो, त्यसले असर पार्छ कि पार्दैन ख्याल नै गरेको पाइदैन ।’

मिठाइहरु पकाउनु अघि नै रंग मिसाउँदा त्यसमा क्यान्सरको तत्वहरु उत्पादन हुने पोषणविद् उपाध्यायले बताए । चाडपर्वको समयमा मिठाइका परिकारहरु खान हुने भएपनि भरसक रंग नमिसाइएको मिठाइ खरिद गर्न पोषणविद् उपाध्यायको सुझाव छ ।

‘रंग भनेको केमिकल हो, मिठाइ पकाउनुअघि रंग हाल्दा पकाउने क्रममा त्यसमा क्यान्सरको तत्वहरु उत्पादन हुन्छ,जसले स्वास्थ्यलाई असर पर्छ, एकदिन खादैमा क्यान्सर नै भइहाल्छ भन्ने होइन तर धेरै पटक खाँदा त्यस्तो तत्वहरु सञ्चय भएर बस्छ र लामो समयपछि क्यान्सर हुनसक्छ,’ पोषणविद् उपाध्याय भन्छन्, ‘मिठाइ किन्दा सकेसम्म रंग नमिसाइएको मिठाइ किन्नुपर्छ, पसलहरुमा रंग नमिसाइएको मिठाइ पनि पाइन्छ, त्यसैले हेर्दा आकर्षक भन्दा पनि स्वास्थ्यलाई फाइदा गर्ने खालको मिठाइ हेर्नुपर्छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ११ : ४७ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई