मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ । बुधबार साँझ भएको खेलमा इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको हो ।

यसअघि सन् २०१९ मा भएको प्रतिस्पर्धामा नेपालले इन्डोनेसियालाई २–१ गोल अन्तरले हराएको थियो । नेपालको आजको खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ बिना नै मैदान उत्रिएको थियो ।सावित्राको अनुपस्थितिमा नेपाली टिमको कप्तानी अञ्जिला तुम्बापो सुब्बाले गरेकी थिइन् ।

खेलको २० औं इन्डोनेसियाले आत्मघाती गोल गर्दा नेपालले एक गोल उपहार पाएको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले हेडर गरेकी थिइन् । उक्त हेडर रोक्ने क्रममा इन्डोनेसियाकी डिफेन्डरले आफ्नै पोष्टमा गोल गरेकी थिइन् ।

पहिलो हाफमा १–० लेपछि परेको इन्डोनेसियाले दोस्रो हाममा शानदार कमब्याक गर्यो । खेलको ५८ औं मिनेटमा इन्डोनेसियाले नेपालको पोष्टमा पहिलो गोल गरेको थियो । त्यस्तै खेलको ६७ औं मिनेटमा इन्डोनेसियाले दोस्रो गोल थपेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : १९ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,