स्वास्थ्य र सौन्दर्यका लागि यस्ता छन् जौका फाइदा « Khabarhub

स्वास्थ्य र सौन्दर्यका लागि यस्ता छन् जौका फाइदा


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवै खाद्यान्न बालीहरु मानव जीवनका लागि अत्यावश्यक हुने भए पनि जौ अझ बढी फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । धान, गहुँ, कोदाेमा भन्दा जौमा अझ बढी पोषक तत्व पाइने गर्छ ।

जौलाई ठण्डीको ओखती पनि मानिन्छ । यसले अनुहारमा जलन तथा डण्डिफोर आदिका रोगहरूबाट बचाउँदछ । जौमा इनोजिटाल पाइन्छ जसले कोलेस्टोलको मात्रालाई नियन्त्रित राख्दछ ।

यस्तै जौमा पर्याप्त मात्रामा सलुबल फाइबर प्राप्त हुन्छ जसले पाचन प्रणालीलाई एकदमै तन्दुरुस्त राख्दछ । विशेष गरी गर्मी महिनामा पेटको समस्याबाट बच्नका लागि मद्दत गर्दछ । साथै जौ को प्रयोगले एसिडिटी, जलन आदि समस्यामा पनि मद्दत गर्दछ ।

स्वास्थ्यका लागि फाइदा

–यसको प्रयोगले गर्मी महिनामा अल्छीपना हटाउन मद्दत गर्दछ ।
–यसमा पर्याप्त मात्रामा फाइबर हुने कारणले गर्दा शरीरमा कब्जियत जस्ता पेटका अन्य समस्याबाट बचाउँदछ ।
–यसमा हुने क्याल्सियम, पोटासियम, भिटामिन बी–कम्प्लेक्स तथा म्याग्नेसियम प्राप्त हुन्छ जसले गर्मीमा चक्कर लाग्ने, मन डराउने जस्ता सामान्य समस्याहरूका लागि फाइदाजनक हुन्छ ।
–यसले तनाव कम गर्न एकदमै मद्दत गर्दछ ।
–मधुमेह तथा ब्लड सुगर आदि समस्यामा यसको सेवनले शरीरम इन्सुलिनको मात्रा तथा ब्लड सुगरलाई नियन्त्रणमा राखी तन्दुरुस्त बनाउँदछ ।
–एक शोधले बच्चाहरूमा यसको प्रयोगले ५० प्रतिशत तौल कम गर्न मद्दत गर्ने निस्कर्ष समेत निकालेको छ ।

सौन्दर्यका लागि फाइदा

– जौले अनुहार कोमल र निखार बनाउँदछ । यसको प्रयोगले अनुहारमा एउटा छुट्टै चमक दिन मद्दत गदर्छ ।
– छालाको एलर्जीलाई यसले टाढा नै राख्नुका साथसाथै अनुहारको जलनबाट बचाउँदछ । यसलाई पानीमा पेस्ट बनाई अनुहार सफा गर्नाले अनुहारमा कोमलता ल्याउँदछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ३२ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६