मेरिलिबोन क्रिकेट क्लबको टिम काठमाडौंमा « Khabarhub

मेरिलिबोन क्रिकेट क्लबको टिम काठमाडौंमा


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) को टिम काठमाडौं आइपुगेको छ ।

नेपालविरुद्ध सिरिज खेल्न काठमाडौं आइपुगेको एमसीसीले भोलिदेखि काठमाडौं र पोखरामा गरी ६ वटा म्याच खेल्ने छ ।

नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् ।

चार जना अफिसियलमा

रिचार्ड ग्रेटोरेक्स (म्यानेजर), ओइन डोकिन्स (प्रशिक्षक), जेफ इमेन्स (अम्पायर) र एलन जोन्स (स्कोरर) रहेका छन् ।

नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आएको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।

यस्तै टम वेस्लेले इंग्ल्याण्डका लागि ५ वटा टेष्ट खेलिसकेका छन् । जिम्मी एड्म्स यसअघि पनि नेपालविरुद्ध खेलिसकेका छन् । नेपालले इंग्ल्याण्डमा अभ्यास खेल खेल्दा उनले ७१ रन बनाएका थिए । त्यस खेलमा नेपाल १९ रनले पराजित भएको थियो ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुईवटा ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १ : २४ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर