नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङ « Khabarhub

नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युस्टि पार्टी (नेकपा) को शनिबार (आज) बसेको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीले उठाउने उम्मेदवारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कास्की क्षेत्र नम्बर – २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे छलफल भएको बताए ।

उम्मेदवार चयनबारे प्रारम्भिक छलफल सुरु भएको बताउँदै उने भने, ‘यसबारे भोलि बस्ने सचिवालय बैठकले निर्णय गर्ने छ ।’ नेकपाले उम्मेदवारी टुंगो लगाउन आइतबार पनि सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे गराए जानकारी

शनिबार बसेको सचिवायलय बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बैठकमा जानकारी दिए ।

स्वास्थ्यमा गम्भीर समस्या आएर आफू सिकिस्त बिरामी नभएको प्रधानमन्त्रीले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीको स्वास्थ्य जाँचबारेको रिपोर्ट आइनसकेको र त्यसबारे चिकित्सकहरुले सुक्ष्म विश्लेषण गरिरहेकाले उपचारको थप कोर्सका विषयमा त्यसपछि निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्यबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गराएको जानकारी दिएका थिए ।

अब आज र भोलि फेरि अर्को पटक डायलासिस गर्ने चिकित्सकहरुको तयारी रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ३ : १९ बजे

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी