समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री पोखरेल « Khabarhub

समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री पोखरेल


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवम आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा शनिबार पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचारगोष्ठीमा उनले समाजमा सकारात्मक सोचको खाँचो रहेको औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिए । मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुलुकको दिगो विकासका लागि साधारणतर्फ भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राखे ।

मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो । सङ्घीयतासँगै सिंहदरबारको अधिकार जनताको घर–आँगनमा आएको उल्लेख गर्दै उनले तीन तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताए ।

नेकपा स्थायी कमिटी सदस्य एवम फाउण्डेशनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । फाउण्डेशनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउण्डेशनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ०४ बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको