कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ « Khabarhub

कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

लक्ष्मीपूजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोपमा प्रहरीले उनलाई कृष्णनगरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी दीप शमशेर जबराले जानकारी दिए । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए ।

जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जन र्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कर्फ्यु लगाइएको थियो ।

कर्फ्युकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका भारतीय नागरिक २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो । बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यु भने शनिबार बिहान ६ बजेबाट हटाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : १२ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले