‘पार्टी नेतृत्वले महिलाको भावना बुझ्नुपर्छ’ « Khabarhub

‘पार्टी नेतृत्वले महिलाको भावना बुझ्नुपर्छ’


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – विभिन्न पेशा र क्षेत्रमा आवद्ध महिलाको भावना बुझेर काम गर्न रुपन्देहीका अगुवा महिला कार्यकर्ताले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बुटवलमा आयोजित अगुवा महिला कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागीले नेकपा नेतृत्वको सरकारबाट महिलाले समान सहभागिता सशक्तीकरणको क्षेत्रमा राम्रो कामको अपेक्षा गरेका कारण मनोभावना बुझेर अघि बढ्न सुझाव दिए ।

उनीहरुले नेतृत्वमै पितृसत्तात्मक सोच हाबी भएका कारण राज्यका सबै तहमा महिला सहभागिता हुन नसकेको गुनासो गरे । कार्यक्रममा सांसद एवं पार्टीका उद्योग विभाग इञ्चार्ज राधा ज्ञवालीले आर्थिक सवलीकरणले मात्रै नागरिकको मुहारमा खुशी छाउने बताइन् । उनले सरकारको समृद्धिको सपना पूरा हुन समानता आवश्यक रहेको बताइन् ।

“सबै नीतिको प्रमुख राजनीति हो, तसर्थ सबै कुराको निर्धारण राजनीतिले गर्छ”, उनले भनिन् । पितृसत्तात्मक सोच र व्यवहार अझै हट्न नसक्दा महिला पछाडि परेका कारण यसको विरुद्धमा निरन्तर वैचारिक सङ्घर्ष जारी राख्नुपर्ने उनले बताइन् । अबको निर्वाचनमा राज्यका प्रमुख पदमा महिला सहभागी हुने गरी तयारी गर्न उहाँले कार्यकर्तालाई आह्वान गरिन् ।

प्रदेशसभा सदस्यद्वय थानकुमारी थापा र दीपा विश्वकर्मा, महिला अगुवा मैया भट्टराईले महिला सशक्तीकरणका लागि सीपमूलक कार्यक्रममा जोड दिनुपर्ने धारणा राखे ।

सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ, निर्माण व्यवसायी सङ्घ प्रदेश ५ का उपाध्यक्ष मञ्जु भुसाल, नाटाका प्रदेश उपाध्यक्ष रचना पन्त, उद्योगी व्यवसायीहरु रेनुका खरेल, सरला भण्डारी, वडा सदस्य छली मियाँ, अधिकारकर्मी इन्दिरा आचार्य, अधिवक्ता हेमा न्यौपाने, ज्ञानु केसी, सरिता श्रीषलगायतले उद्योगी व्यवसायी महिलालाई प्रोत्साहन गर्ने नीति बनाउन सुझाव दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : ४५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको