‘पार्टी नेतृत्वले महिलाको भावना बुझ्नुपर्छ’ « Khabarhub

‘पार्टी नेतृत्वले महिलाको भावना बुझ्नुपर्छ’


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – विभिन्न पेशा र क्षेत्रमा आवद्ध महिलाको भावना बुझेर काम गर्न रुपन्देहीका अगुवा महिला कार्यकर्ताले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बुटवलमा आयोजित अगुवा महिला कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागीले नेकपा नेतृत्वको सरकारबाट महिलाले समान सहभागिता सशक्तीकरणको क्षेत्रमा राम्रो कामको अपेक्षा गरेका कारण मनोभावना बुझेर अघि बढ्न सुझाव दिए ।

उनीहरुले नेतृत्वमै पितृसत्तात्मक सोच हाबी भएका कारण राज्यका सबै तहमा महिला सहभागिता हुन नसकेको गुनासो गरे । कार्यक्रममा सांसद एवं पार्टीका उद्योग विभाग इञ्चार्ज राधा ज्ञवालीले आर्थिक सवलीकरणले मात्रै नागरिकको मुहारमा खुशी छाउने बताइन् । उनले सरकारको समृद्धिको सपना पूरा हुन समानता आवश्यक रहेको बताइन् ।

“सबै नीतिको प्रमुख राजनीति हो, तसर्थ सबै कुराको निर्धारण राजनीतिले गर्छ”, उनले भनिन् । पितृसत्तात्मक सोच र व्यवहार अझै हट्न नसक्दा महिला पछाडि परेका कारण यसको विरुद्धमा निरन्तर वैचारिक सङ्घर्ष जारी राख्नुपर्ने उनले बताइन् । अबको निर्वाचनमा राज्यका प्रमुख पदमा महिला सहभागी हुने गरी तयारी गर्न उहाँले कार्यकर्तालाई आह्वान गरिन् ।

प्रदेशसभा सदस्यद्वय थानकुमारी थापा र दीपा विश्वकर्मा, महिला अगुवा मैया भट्टराईले महिला सशक्तीकरणका लागि सीपमूलक कार्यक्रममा जोड दिनुपर्ने धारणा राखे ।

सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ, निर्माण व्यवसायी सङ्घ प्रदेश ५ का उपाध्यक्ष मञ्जु भुसाल, नाटाका प्रदेश उपाध्यक्ष रचना पन्त, उद्योगी व्यवसायीहरु रेनुका खरेल, सरला भण्डारी, वडा सदस्य छली मियाँ, अधिकारकर्मी इन्दिरा आचार्य, अधिवक्ता हेमा न्यौपाने, ज्ञानु केसी, सरिता श्रीषलगायतले उद्योगी व्यवसायी महिलालाई प्रोत्साहन गर्ने नीति बनाउन सुझाव दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : ४५ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित