नर्सिङ सङ्घको निर्वाचन पुस ९ गते हुने « Khabarhub

नर्सिङ सङ्घको निर्वाचन पुस ९ गते हुने


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुनेभएको छ ।

सङ्घको १९औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिला गरी हुन लागेको हो ।

आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ ।

उनले भनिन्, “मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहन्छ ।” हाल सङघमा करिब १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् ।

सङ्घीय संरचनाअनुसार सङ्घको नयाँ नेतृत्व चयन हुने सङ्घका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन् ।

उनले भनिन्, “विधान संशोधनका कारण सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा केही ढिलाइ भएको हो । नीति निर्माण तहमा नर्सको सहभागिता बढाउन स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारिता बनाउने विषयमा हामी गम्भीर छौँ ।”

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ४५ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत