चीनबाट दुधालु गाई ल्याइने « Khabarhub

चीनबाट दुधालु गाई ल्याइने


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- प्रदेश नं ३ को ग्रामीण क्षेत्रको आर्थिक विकास तथा गरीबी निवारण गर्ने उद्देश्यले प्रदेश नं ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच प्रदेशको दुग्ध विकासका लागि सहकार्य गर्नेगरी सम्झौता भएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालगायतको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयका निमित्त सचिव निर्मल गदाल तथा चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसका प्रमुख इञ्जिनीयर उडि सीङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले अब चीनबाट उन्नत जातका गाई ल्याएर नेपालको अर्थतन्त्रमा सुधार गरिने बताए । एक वर्षमा प्रदेशका १३ वटै जिल्लामा नश्ल सुधार गरिएका प्रशस्त दूध दिने गाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्री ढुङ्गेलको भनाइ थियो ।

यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामाले चीनले गाइमा आधारित दाना उद्योग सञ्चालन, दुग्धजन्य पदार्थको उत्पादन, यसको बजारीकरण र पशु स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्ने जानकारी दिए ।

त्यस्तै चाइना एकेडेमीका प्रमुख इञ्जिनीयर सिङले प्रदेश सरकारसँग सहकार्य गरेर दैनिक ३० लिटरभन्दा बढी दूध दिने गाइहरु ल्याएर प्रशस्त दूध उत्पादन गर्ने एवं आधुनिक प्लान्ट ल्याएर स्वस्थ, सफा विभिन्न दुग्धजन्य पदार्थ उत्पादन र विक्री वितरण गरेर स्थानीय अर्थतन्त्रलाई विकास गर्ने बताए।

सम्झौताअनुसार चाइना एकेडेमीले नश्ल सुधार गरिएका उन्नत चिनियाँ गाई प्रदेशमा ल्याउने छ भने अत्याधुनिक उपकरणमार्फत दुग्धजन्य पदार्थ उत्पादन गर्नेछ । प्रदेशको तर्फबाट प्रदेशिक दुग्ध विकास बोर्डमार्फत प्रदेशका किसान तथा नागरिक एवं चाइना एकेडेमीबीच पुलको काम गर्नेछ । यी बाहेक अन्य आवश्यकीय सहकार्य हुने निमित्त सचिव गदालले जानकारी दिए । उनका अनुसार प्रदेशका जनताको गरीबी निवारणका लागि प्रदेश नं ३ सरकारले दुग्ध विकास परियोजानअन्तर्गत चीनबाट रु तीन लाखसम्म पर्ने गाई चार हजारको सङ्ख्यमा ल्याउनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ९ : १५ बजे

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट