वामदेवले भने– मविरुद्ध फेरि षडयन्त्र भो, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिन « Khabarhub

वामदेवले भने– मविरुद्ध फेरि षडयन्त्र भो, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि षडयन्त्र शुरु भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा पुगेको घटनालाई लिएर आफू विरुद्ध षडयन्त्रपूर्ण भ्रम फैलाएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महशुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार हो ।’

उनले पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रबाट आफू चुनाव नलड्ने उल्लेख गरेका छन् ।

नेता गौतमले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : २५ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि