वामदेवले भने– मविरुद्ध फेरि षडयन्त्र भो, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिन « Khabarhub

वामदेवले भने– मविरुद्ध फेरि षडयन्त्र भो, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि षडयन्त्र शुरु भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा पुगेको घटनालाई लिएर आफू विरुद्ध षडयन्त्रपूर्ण भ्रम फैलाएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महशुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार हो ।’

उनले पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रबाट आफू चुनाव नलड्ने उल्लेख गरेका छन् ।

नेता गौतमले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : २५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६