विदेश भ्रमणमा जान जनप्रतिनिधबीच गोलाप्रथा « Khabarhub

विदेश भ्रमणमा जान जनप्रतिनिधबीच गोलाप्रथा


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।

विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए।

‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ’, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए। गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन् ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : ०५ बजे

अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबारको सचिवालय बैठकमा

प्रचण्डसँग मिलेपछि गोपाल किरातीले दिए विप्लवलाई ‘खाओवादी’को संज्ञा

काठमाडौं – आठ वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी

निकोलश भुसाल फेरि पक्राउ

काठमाडौं – निकोलश भुसाल फेरि पक्राउ परेका छन् । केही

एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले ११औँ महाधिवेशन सफल बनाउन विभिन्न

ओलीलाई बिदा हुनुस् भन्दै ईश्वर पोखरेलले भनेः अध्यक्षमा मेरो दाबी रहन्छ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफू