ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि « Khabarhub

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँचजना दादुरा संक्रमित पुष्टि भएको थियो । भारतबाट आएका एकजना दादुरा संक्रमितले ढोरपाटनमा दादुरा संक्रमण फैलाएका थिए । प्रमुख गौतमले दादुरा संक्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिए ।

दादुरा संक्रमण देखिएको ठाउँबाट फैलिन नदिनका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उनले बताए । हाल नगरपालिकामा ८३ शंकास्पद बिरामी छन् । २१ नमुना परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । दादुरा संक्रमितको समुदायमा खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको जनाइएको छ ।

ढोरपाटनमा दादुराविरुद्धको विशेष खोप अभियान भोलि शनिबारदेखि चैत १ गतेसम्म सञ्चालन गरिने बताए । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप दिन लागिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : ५१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको