१६औं पटक सगरमाथा चढ्ने तयारी गरिरहेका जाङ्ग्बु भन्छन्–सुनजत्तिकै मूल्यवान छन् हिमाल « Khabarhub

१६औं पटक सगरमाथा चढ्ने तयारी गरिरहेका जाङ्ग्बु भन्छन्–सुनजत्तिकै मूल्यवान छन् हिमाल



काठमाडौं– हालसम्म १५ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका जाङ्ग्बु शेर्पा सगरमाथा आरोहण गर्ने क्रममा एकजना अमेरिकी आरोहीले भनेको एउटा गम्भीर कुरा याद गर्छन् ।

सगरमाथाको क्याम्प २ मा तातो कफीको चुस्की लगाउँदै ती अमेरिकी आरोहीले भनेका थिए, “जाङ्ग्बु, हेर त तिम्रो चारैतिर सुनैसुन छ ।“

अमेरिकी आरोहीको कुराले जाङ्ग्बुको मन छोयो । “उनको भनाइ सांकेतिक थियो तर उनको भनाइ यति गम्भीर थियो कि त्यसले मलाई अझै पनि सोच्न बाध्य बनाउँछ ।“ जाङ्ग्बु भन्छन्, “हो, नेपालका हिमालहरू सुनजत्तिकै मूल्यवान छन् ।“

आफैँमा प्रख्यात सगरमाथा आरोहण गाइड र प्रशिक्षक, सगरमाथा आरोहण गर्ने उनको इच्छा कहिल्यै सकिँदैन । त्यसैले उनी यो वसन्त ऋतुमा १६ औँ पटक सगरमाथा आरोहण गर्ने तयारीमा छन् । ३७ वर्षीय जाङ्ग्बु पहिलो पटक २१ वर्षको उमेरमा सन् २००३ मा सगरमाथा आरोहण गरेयता विगत १८ वर्षदेखि विदेशी आरोहीलाई सगरमाथा आरोहणका लागि गाइड गर्दै आएका छन् ।

अहिले तालिमप्राप्त दक्ष गाइडको रुपमा उनले आफ्ना अष्ट्रेलियन, अमेरिकी, युरोपेली सेवाग्राहीलाई लिएर अनगिन्ती पदयात्रामा निस्किसकेका छन् ।

पर्वतारोहण गर्न उनलाई केले प्रेरित गर्छ ? “यी सेता अग्ला पहाड“ उनको सीधा जवाफ, “विश्वका विभिन्न भागबाट आउने आरोहीसँग यात्रा गर्दा मलाई एकदमै ठूलो सन्तुष्टि मिल्छ।“

जाङ्ग्बुका अनुसार त्यसैपनि सगरमाथाको सफल आरोहण हरेक आरोहीको सपनै हुन्छ । नेपालका अग्ला पहाडहरूले विदेशीलाई जहिल्यै पनि आकर्षित गरिनै रहेका छन् ।

यो सिजन उनी पनि विभिन्न देशका सयौं आरोहीजस्तै सगरमाथाको आरोहण गर्न आधार शिविर पुग्नेछन् ।

“हो, म यो सिजन १६ औँ पटक सगरमाथा आरोहण गर्न उत्साहित छु“ उनले थपे । आजभोलि सगरमाथा आरोहण गर्ने क्रममा आरोहीको मृत्यु हुने सम्भावना घट्दै गएको छ । कारणः आरोही र गाइडले बटुल्दै आएको अनुभव ।

सगरमाथाको आधार शिविरमा जम्मा भएको फोहोर प्रति भने उनी चिन्तित छन्, उनका अनुसार त्यहाँ जम्मा भएको फोहोरले सगरमाथा आधार शिविर कुरुप बन्दै गएको छ । हरेक वर्ष कम्तीमा १० शेर्पालाई फोहोर व्यवस्थापन गर्न जिम्मा दिएर सरकारले अभियान नै थाल्नुपर्ने उनको सुझाव छ ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षा योजना प्रति पनि विश्वस्त छैनन् । उनी भन्छनु “टिसर्टमा विज्ञापन छापेर र त्यसलाई लगाएर हिँड्दैमा पर्यटक आउँदैनन् । सरकार र नेपाल पर्यटन बोर्डले प्रचारात्मक अभियानमा जोड दिनुपर्छ ।“

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  २ : २२ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र