१६औं पटक सगरमाथा चढ्ने तयारी गरिरहेका जाङ्ग्बु भन्छन्–सुनजत्तिकै मूल्यवान छन् हिमाल « Khabarhub

१६औं पटक सगरमाथा चढ्ने तयारी गरिरहेका जाङ्ग्बु भन्छन्–सुनजत्तिकै मूल्यवान छन् हिमाल



काठमाडौं– हालसम्म १५ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका जाङ्ग्बु शेर्पा सगरमाथा आरोहण गर्ने क्रममा एकजना अमेरिकी आरोहीले भनेको एउटा गम्भीर कुरा याद गर्छन् ।

सगरमाथाको क्याम्प २ मा तातो कफीको चुस्की लगाउँदै ती अमेरिकी आरोहीले भनेका थिए, “जाङ्ग्बु, हेर त तिम्रो चारैतिर सुनैसुन छ ।“

अमेरिकी आरोहीको कुराले जाङ्ग्बुको मन छोयो । “उनको भनाइ सांकेतिक थियो तर उनको भनाइ यति गम्भीर थियो कि त्यसले मलाई अझै पनि सोच्न बाध्य बनाउँछ ।“ जाङ्ग्बु भन्छन्, “हो, नेपालका हिमालहरू सुनजत्तिकै मूल्यवान छन् ।“

आफैँमा प्रख्यात सगरमाथा आरोहण गाइड र प्रशिक्षक, सगरमाथा आरोहण गर्ने उनको इच्छा कहिल्यै सकिँदैन । त्यसैले उनी यो वसन्त ऋतुमा १६ औँ पटक सगरमाथा आरोहण गर्ने तयारीमा छन् । ३७ वर्षीय जाङ्ग्बु पहिलो पटक २१ वर्षको उमेरमा सन् २००३ मा सगरमाथा आरोहण गरेयता विगत १८ वर्षदेखि विदेशी आरोहीलाई सगरमाथा आरोहणका लागि गाइड गर्दै आएका छन् ।

अहिले तालिमप्राप्त दक्ष गाइडको रुपमा उनले आफ्ना अष्ट्रेलियन, अमेरिकी, युरोपेली सेवाग्राहीलाई लिएर अनगिन्ती पदयात्रामा निस्किसकेका छन् ।

पर्वतारोहण गर्न उनलाई केले प्रेरित गर्छ ? “यी सेता अग्ला पहाड“ उनको सीधा जवाफ, “विश्वका विभिन्न भागबाट आउने आरोहीसँग यात्रा गर्दा मलाई एकदमै ठूलो सन्तुष्टि मिल्छ।“

जाङ्ग्बुका अनुसार त्यसैपनि सगरमाथाको सफल आरोहण हरेक आरोहीको सपनै हुन्छ । नेपालका अग्ला पहाडहरूले विदेशीलाई जहिल्यै पनि आकर्षित गरिनै रहेका छन् ।

यो सिजन उनी पनि विभिन्न देशका सयौं आरोहीजस्तै सगरमाथाको आरोहण गर्न आधार शिविर पुग्नेछन् ।

“हो, म यो सिजन १६ औँ पटक सगरमाथा आरोहण गर्न उत्साहित छु“ उनले थपे । आजभोलि सगरमाथा आरोहण गर्ने क्रममा आरोहीको मृत्यु हुने सम्भावना घट्दै गएको छ । कारणः आरोही र गाइडले बटुल्दै आएको अनुभव ।

सगरमाथाको आधार शिविरमा जम्मा भएको फोहोर प्रति भने उनी चिन्तित छन्, उनका अनुसार त्यहाँ जम्मा भएको फोहोरले सगरमाथा आधार शिविर कुरुप बन्दै गएको छ । हरेक वर्ष कम्तीमा १० शेर्पालाई फोहोर व्यवस्थापन गर्न जिम्मा दिएर सरकारले अभियान नै थाल्नुपर्ने उनको सुझाव छ ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षा योजना प्रति पनि विश्वस्त छैनन् । उनी भन्छनु “टिसर्टमा विज्ञापन छापेर र त्यसलाई लगाएर हिँड्दैमा पर्यटक आउँदैनन् । सरकार र नेपाल पर्यटन बोर्डले प्रचारात्मक अभियानमा जोड दिनुपर्छ ।“

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  २ : २२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी