आहा रारा गोल्डकप: थ्रीस्टार बन्यो च्याम्पियन | Khabarhub Khabarhub

आहा रारा गोल्डकप: थ्रीस्टार बन्यो च्याम्पियन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– १७औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ ले हराउँदै थ्रीस्टार च्याम्पियन बनेको हो ।

शनिबार पोखरा रंगशाला भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। थप गरिएको ३० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा थ्रीस्टारले ५–४ गोल अन्तरले जित हात पारेको हो ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रञ्जीत धिमाल, रुपेश केसी, विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङले गोल गरे। सुशील राईको प्रहार क्रसबारमा लागेर फर्कियो। आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे। गोलकिपर विकेश कुथु र विकास खवासको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले विफल पारेका थिए ।

जितसँगै थ्रीस्टारले ८ लाख एक हजार नगदसहित ट्रफी उचालेको छ भने उपविजेतामा चित्त बुझाएको आर्मीले ४ लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ८ : ४३ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने