आहा रारा गोल्डकप: थ्रीस्टार बन्यो च्याम्पियन « Khabarhub

आहा रारा गोल्डकप: थ्रीस्टार बन्यो च्याम्पियन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– १७औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ ले हराउँदै थ्रीस्टार च्याम्पियन बनेको हो ।

शनिबार पोखरा रंगशाला भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। थप गरिएको ३० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा थ्रीस्टारले ५–४ गोल अन्तरले जित हात पारेको हो ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रञ्जीत धिमाल, रुपेश केसी, विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङले गोल गरे। सुशील राईको प्रहार क्रसबारमा लागेर फर्कियो। आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे। गोलकिपर विकेश कुथु र विकास खवासको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले विफल पारेका थिए ।

जितसँगै थ्रीस्टारले ८ लाख एक हजार नगदसहित ट्रफी उचालेको छ भने उपविजेतामा चित्त बुझाएको आर्मीले ४ लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ८ : ४३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा