करीनाको चाहना: राहुल गान्धीसँग डेट जान चाहन्छु | Khabarhub Khabarhub

करीनाको चाहना: राहुल गान्धीसँग डेट जान चाहन्छु


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय फिल्म क्षेत्रमा भन्दा बढी आफ्नो परिवारसँग बिताउने गरेकी बलिउड अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । चर्चामा हुनुको कारण फिल्मभन्दा पनि उनले दिएको एक अभिव्यक्ति हो ।

करीनाले हालै एक टेलिभिजन ‘शो’मा आफूलाई भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीसँग डेटमा जान चाहेको बताएकी छिन् ।

उनलाई अन्तर्वार्ताकारले सोधेकी थिइन्, ‘कोसँग डेटमा जान चाहनुहुन्थ्यो ?’

करीनाले शुरुमा त भन्नैपर्छ र भनेर सोधेकी थिइन् । ‘भन्नुपर्छ र ? यसको उत्तर दिनैपर्छ झैँ त लाग्दैन, यो विवादास्पद भए पनि मतलब छैन, म राहुल गान्धीलाई म नजिकबाट बुझ्न चाहन्छु ।’, करीनाले भनिन् ।

साथै गान्धीको पारिवारिक पृष्ठभूमि राजनीति भएको र आफू चलचित्र क्षेत्रबाट आएकाले दुवैका लागि यो रोचक समेत हुने उनले धारणा राखिन् ।

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएका छन् । कतिपयले भने नयाँ चलचित्रको प्रचारका लागि करीनाले ‘फन्डा’ गरेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ९ : ०६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि