पिँडालु मनपर्छ ? फाइदाबारे पनि जानिराख्नुस् « Khabarhub

पिँडालु मनपर्छ ? फाइदाबारे पनि जानिराख्नुस्


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नेपालमा सिजन अनुसार विभिन्न किसिमका तरकारी तथा फलफूलहरु पाइन्छ । अहिले पिँडालुको सिजन हो। गाउँघरमा पिँडालु सबैको घरमा पाइन्छ । शहरबजारमा पनि पिँडालु बेच्न राखिएको देख्नु भएको होला ।

पिँडालुलाई आलु, मुला, साग गेडागुडी लगायतका तरकारीहरुमा मिसाएर पकाउने गरिन्छ । पिँडालु तरकारीको रुपमा मात्र होइन, पोलेर तथा उसिनेर पनि खाजाको रुपमा खाने गरिन्छ । पिँडालुलाई दालमा हालेर पनि खाने गरीन्छ । पिँडालु कन्दमूल वर्षमा पर्ने रेसादार खानेकुरा हो ।

पिडालु हालेको तरकारी बाक्लो र मिठो हुन्छ । त्यसैले पनि पिँडालु धेरैले मन पराउछन् । पिँडालु खादा मिठो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पायल्स, शारीरिक कमजोरी आदिजस्ता समस्याका लागि यो लाभदायक छ।

पिँडालु फाइबरको राम्रो स्रोत हो। यसमा म्यागनिज, भिटामिन बी, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ। यी तत्त्व मानव शरीरका लागि लागि निकै उपयोगी छन्।

पिँडालुले रगतमा सुगरको माात्रालाई नियन्त्रण गर्छ। पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लाभदायक छ। यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मुटुरोगको जोखिम कम हुन्छ।

पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात् क्यान्सरको सम्भावना घटाउँछ।

पिँडालुमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ। साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ। त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको