अमेरिकी महिला फुटबलर रापिनोले जितिन बालोन डी’ओर अवार्ड « Khabarhub

अमेरिकी महिला फुटबलर रापिनोले जितिन बालोन डी’ओर अवार्ड


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी फुटबलर मेगन रापिनोले बालोन डी’ओर अवार्ड जितेकी छन् ।

वर्षको उत्कृष्ट महिला फुटबलरलाई प्रदान गरिने बालोन डी’ओर अवार्ड यो वर्ष अमेरिकी टिमकी सहकप्तान समेत रहेकी मेगन रापिनोले जितेकी हुन् ।

फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । इंग्ल्याण्डकी लुसी ब्रोन्जलाई पछि पार्दै विश्वकप विजेता मेगनले अवार्ड जितेकी हुन् ।

३४ वर्षकी वेङ्गर रापिनोको सहकप्तानीमा रहेको अमेरिकी टोलीले यो वर्ष महिला विश्वकप फुटबलको उपाधि जितेकी थियो । उनी प्लेअर अफ द टुर्नामेन्ट घोषित भएकी थिइन् । यस्तै ६ गोल गरेकी उनी सर्वाधिक गोलकर्ता पनि हुन् ।

इंग्ल्याण्डलाई विश्वकपको सेमिफाइनलसम्म लैजानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी २८ वर्षकी ब्रोन्जले युइएफए महिला वर्ष खेलाडीको अवार्ड जितेकी थिइन । बोलोन डी’ओरमा भने उनी दोस्रो स्थानमा रहिन् ।

बोलोन डी’ओरमा रापिनोका प्रतिस्पर्धा अमेरिकी सहकप्तान एलेक्स मोर्गनसँग पनि थियो । एलेक्स तेस्रो स्थानमा रहिन् ।

गएको वर्षदेखि महिला तर्फ पनि बालोन डी’ओर प्रदान गर्न लागिएको हो । गएको वर्ष लियोनकी स्ट्राइकर एडा हेगर्बर्गले अवार्ड जितेकी थिइन् । यो वर्ष उनी चौथो स्थानमा रहिन् ।

पुरुष तर्फको अवार्ड भने बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन्।

अवार्ड विजेता रापिनो सोमबार राति भएको अवार्ड वितरण समारोहमा सहभागी थिइनन् । उनले रेकर्ड गरिएको सन्देशमा भनेकी छन्, ‘म त्यहाँ उपस्थित हुन सकिन यसले निकै दुःखी छु । यो पक्कै पनि उत्साहजनक छ, र अरु मनोनितहरुलाई पनि बधाई ।’

उनले अघि भनेकी छन्, ‘मलाई विश्वास नै लागेको छैन कि यो अवार्ड जित्ने मै हुँ, यो वर्ष अति उत्कृष्ट रह्यो । म मेरा साथी खेलाडी र अमेरिकी फेडेरेसनलाई धन्यबाद भन्न चाहन्छु ।’

रापिनोलाई यो वर्षको विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण ग्लोबल स्टारका रुपमा स्मरण गरिने छ । यस्तै उनले स्पटलाइटलाई एलजिटि आइक्यू प्लस को अधिकार तथा समान पारिश्रमिकका लागि आवाज वुलन्द गर्ने माध्यमका रुपमा पनि प्रयोग गरिन्, यसका लागि पनि रापिनोको स्मरण सदैव हुनेछ ।

यस्तै अमेरिकाले विश्वकप जितेमा आफू ह्वाइट हाउसबाट निम्तो आए पनि नजाने बताएर चर्चा रहिन्।

विश्वकप जितेपछि रापिनोले गएको सेप्टेम्बरमा विश्व फुटबलको प्रशासकीय निकायले प्रदान गर्ने बेस्ट फिफा फुटबल अर्वाडमा महिला वर्ष खेलाडीको अवार्ड जितेकी थिइन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : २१ बजे

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को