प्रकृतिविरुद्धको युद्ध बन्द गरौं- महासचिव गुटेरेस « Khabarhub

प्रकृतिविरुद्धको युद्ध बन्द गरौं- महासचिव गुटेरेस


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

स्पेनको राजधानी मड्रिडमा यसै साता हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा आफ्नो बयान दिँदै उनले जलवायु परिवर्तनबारे सबै सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

जलवायु परिवर्तनका खराब असर झन्झन् उजागर गएको समयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनका खतराका सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा पुगेको भन्दै सो चेतावनी दिएका हुन् ।

उनले प्रकृतिमाथि मानवजातिले चलाएको युद्ध बन्द गर्नुपर्ने भन्दै विश्वव्यापी तापक्रम वृद्धिसँग जुध्न राजनीतिक इच्छाशक्ति जुटाउनुपर्ने बताए । उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्टाउन गरिएका प्रयास अत्यन्त अपर्याप्त रहेको उनले बताए ।

उनले ऊर्जाका लागि खन्ने र ड्रिल गर्ने काम बन्द गर्नुपर्ने बरु नवीकरणीय ऊर्जाले प्रस्तुत गरेका विशाल सम्भावनाको फाइदा लिनुपर्ने बताए । उनले मड्रिड सम्मेलनमा खासगरी विश्वका सबभन्दा धेरै प्रदूषक देशहरूबाट समाधानमा थप सहयोगको अपेक्षा गरेको समेत बताए ।

जलवायु विनाशबाट जोगिन सकिने केही सम्भावना अझै रहेको उनले बताए । यसअघि गत साता राष्ट्रसंघको निकाय वातावरण कार्यक्रमले यदि विश्वव्यापी तापक्रम वृद्धि दरलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने हो भने देशहरूले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षालाई पाँच गुनाले बढाउनुपर्ने बताएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : ४९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ