१३ औं साग अपडेट : १७ स्वर्णसहित नेपाल शीर्षस्थानमा | Khabarhub Khabarhub

१३ औं साग अपडेट : १७ स्वर्णसहित नेपाल शीर्षस्थानमा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १७ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १० बजेसम्म नेपालले १७ स्वर्ण हात पारेको हो ।

सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जितेका छन् । १७ औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाएकी हुन् ।

नेपालले अहिलेसम्म १७ स्वर्ण, ३ रजत र ८ कास्य गरी २८ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

नेपालले जितेका पदक र खेलाडीहरुको नामावली

स्वर्ण पदक विजेत खेलाडी

कराते (७ स्वर्ण पदक)

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)- मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि- विप्लवलाल श्रेष्ठ
५० किलो- लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)- अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत) – आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) – आयशा शाक्य
पुम्से (२३-२९ वर्ष एकल)- पार्वती गुरुङ
पुम्से (२३-२९ वर्ष एकल)- कमल श्रेष्ठ
पुम्से (१७-२३ वर्ष एकल)- सिना मादेन लिम्बु
पुम्से (महिला समूह (२३-२९ वर्ष)- निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई
महिला समूह (७-२३ बर्ष) – निशा दर्नाल, स्वस्तीका तामाङ, सञ्जीला तिम्सिना

ट्रायथलन

सोनी गुरुङ

उसु

विजय सिञ्जीली

सुस्मिता तामाङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)- चन्चला दनुवार
कराते (८४ किलोमुनि)- दिवश श्रेष्ठ
तेक्वान्दो (१७-२३ वर्ष)- कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (८ पदक)

तेक्वान्दो पुम्से पुरुषतर्फ (२३वर्षमाथि) कमल श्रेष्ठ, जित बहादुर बोट, प्रेम बहादुर लिम्बु
तेक्वान्दो पुम्से पुरुष टिम (१७-२३ बर्षसम्म) शिसिर श्रेष्ठ, अस्मीन राउत, दिपेन्द्र गुरुङ
तेक्वान्दो पुरुष २९ बर्षमाथि रेजिन रिमाल
पेयर पुम्से (१७-२३ बर्षसम्म) अस्मिन राउत, सिना लिम्बु मादेन
पेयर पुम्से (२३-२९ बर्षसम्म) जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलन – वसन्त थारु
ब्याडमिन्टन पुरुष टिम इभेन्ट्स र महिला टिम इभेन्ट्स

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : ३७ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बखास्त गरियोस् : विवेकशील साझा

काठमाडौं– विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १०

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ– मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको