बिरामी रेफर गर्दा आर्थिक लाभ नलिन मेडिकल काउन्सिलको आग्रह « Khabarhub

बिरामी रेफर गर्दा आर्थिक लाभ नलिन मेडिकल काउन्सिलको आग्रह


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काउन्सिलको आचार संहिता अनुसार काम गर्न निर्देशन दिएको छ ।

काउन्सिलले सुचना जारी गर्दै केही दिन यता स्वास्थ्य सेवाको क्षेत्रमा गैर व्यवसायिक आचरण वृद्धि हुँदै गएको भन्दै काउन्सिलको आचार संहिता अनुसार काम गर्न निर्देशन दिएको हो ।

काउन्सिलले बिरामी रेफर गर्दा आर्थिक लाभ लिने र दिने काम गर्न नहुँने बताएको छ ।

काउन्सिलको कोड अफ इथिक्स् एण्ड प्रोफेसनल कन्डक्ट को दफ ३ डी मा ‘कुनै पनि चिकित्सकले औषधि लेखेवापत अथवा कुनै विज्ञलाई रेफर गरेवापत थप सुविधा, कमिशन वा बोनसहरु स्विकार गर्नु काउन्सिलको आचार संहिता विपरित भएको’ उल्लेख भएको भन्दै यस्ता कार्य नगर्न र नगराउन सबै दर्तावाला चिकित्सकलाई आग्रह गरेको छ ।

स्वास्थ्य सेवामा संलग्न अस्पताल, व्यवस्थापक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकले समेत आचार संहिता अनुसार काम गर्न काउन्सिलले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ०७ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी