मलेसियाले गर्‍यो ३१ हजार कामदारको मागको प्रमाणिकरण « Khabarhub

मलेसियाले गर्‍यो ३१ हजार कामदारको मागको प्रमाणिकरण


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियास्थित नेपाली दूतावासले गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार नेपाली कामदारका लागि मागपत्र प्रमाणिकरण गरेको छ । मलेसिया स्थीत नेपाली दूतावासका अनुसार नयाँ श्रम समझदारी अनुसार प्रदान गरिएको मागपत्र प्रमाणिकरणमा सवैभन्दा धेरै औद्योगिक क्षेत्रका लागि रहेको छ ।

दूतावासद्धारा जारी विज्ञप्ति अनुसार औद्योगिक क्षेत्रको कामका लागि १७ हजार १ सय १६ जना कामदारका लागि मागपत्र प्रमाणित भएको छ ।

यसैगरी सेक्यूरिटि गार्ड सहित सेवा क्षेत्रका लागि १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लाण्टेसनका लागि १ हजार ३ सय ९७ तथा निर्माण क्षेत्रका लागि १ हजार ३० कामदारको मागपत्र प्रमाणिकरण भएको छ ।

दूतावासले मागपत्र प्रमाणिकरणको कामलाई सरल, पारदर्शी र चुस्त बनाउने उद्धेश्यले प्रत्येक प्रक्रियामा छुट्टा छुट्टै शाखा तथा कर्मचारीहरु संलग्न हुने व्यवस्था गरेको जनाएको छ ।

दूतावासका अनुसार कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई मागपत्र १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने, पेश हुन आएका मागपत्रहरुको विवरण रुजु गर्ने, अध्यावधिक गर्ने र प्रमाणिकरणको पत्र तयार गर्ने गरिएको छ । माग प्रमाणिकरणका आधारममा मलेसिया आउन श्रमिकको संख्या बढ्न मलेसियाका राजदूता उदउराज पाण्डले बताएका छन् ।

यसैगरी मागपत्र पेश गर्ने कम्पनी सम्बन्धी दूतावासमा आएका गुनासा लगायतका कैफियतहरुको रुजु गरी प्रमाणिकरणको लागि सिफारिस गर्ने, प्रमाणिकरणको लागि सिफारिस भएका मागपत्रहरुको प्रमाणिकरण गर्ने र स्क्यान गरी वैदेशिक रोजगार विभागमा ईलेक्ट्रोनिक फाईल पठाउने, प्रमाणिकरण भएका सक्कल फाईलहरु २ बजेदेखि ५ बजेसम्म वितरण गर्ने र सक्कल फाईल बुझ्नका लागि कम्पनीको कर्मचारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

समयका कारण अत्यावश्यक मागपत्रलाई एकदिनमै र अन्यलाई ५ दिनभित्रमा मागपत्र प्रमाणिकरणको कार्य सक्नेगरी कार्य भइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ३६ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने