छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग « Khabarhub

छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकमा छाडा छाडिएका गाईबाच्छा संरक्षण गर्ने उद्देश्यले स्थायी भवन निर्माण एवं दैनिक दानापानीका लागि सहयोग जुट्न थालेको छ । छाडा छाडिएका गाईबाच्छलाई गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका करीब एक दर्जन युवा अभियानकर्मीले गत जेठ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको वाग्मती किनारमा आश्रयस्थल निर्माण गरी संरक्षण थालेका थिए ।

आश्रयस्थलमा हाल ४० बाच्छाबाच्छी संरक्षण गरिएको छ । आश्रयस्थलमा १५ बाच्छी र २५ बाच्छा छन् । सडकबाट उठाएर ल्याइएका बिरामी गाईबाच्छाको उपचारको व्यवस्था पनि आश्रयस्थलमा भइरहेको छ ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले अबोध गाईबाच्छा संरक्षणका लागि भवन निर्माण गर्न १० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापाले गाईबाच्छा संरक्षणका लागि नगरपालिकाका तर्फबाट जग्गा उपलब्ध गराउने बचन दिएका छन् ।

साथै गाईबाच्छा संरक्षणमा उल्लेख्य सहयोग गर्ने दुवै नगर प्रमुखको प्रतिबद्धता थियो । दुवै नगरपालिकाले चालु आर्थिक वर्षमा सो शीर्षकमा बजेट छुट्याइएको जनाएका छन् । कागेश्वरी मनोहराले रु २५ लाख र गोकर्णेश्वरले रु १२ लाख बजेट छुट्याइएको छ । छाडा गाईबाच्छाको संरक्षणका लागि थप सहयोग पनि भइरहने दुवै नगरपालिकाको बचनबद्धता छ ।

जन्मदिनमा गाईबाच्छालाई सहयोग गर्ने बढे

जन्मदिनमा केक काट्ने, साथीभाई जम्मा भएर मदिरा पिउने केही मानिसको प्रचलन अब यसरी आश्रय दिइएको गाईबाच्छालाई सहयोग गर्नतिर मोडिएको छ । विभिन्न अवसरमा हुने फजुल खर्च जोगाएर कल्याणकारी काममा लगाउन युवावर्ग अघि सरेका छन् ।

जोरपाटी निवासी सन्तोष बरालले आफ्नो जन्मदिनका अवसरमा चार हजार नगद पिठो र औषधिका लागि उपलब्ध गराएका थिए । नयाँ बस्ती युवा क्लबले पीठो, पिना लगायतका खाद्यान्न उपलब्ध गराएको छ । डिल्लीबजार निवासी आयुष्का पुडासैनीको जन्मदिनका उपलक्ष्यमा उनका अभिभावकले सात हजार उपलब्ध गराएका थिए ।

यसैगरी समन भट्टराई र रघुनाथ आचार्यले एक हजार उपलब्ध गराएका छन् । आफ्नो जन्मदिनका अवसरमा स्वामी महेन्द्र भट्टराईले १० हजार तथा जन्मदिनकै अवसरमा व्यवसायी रवि भट्टले पाँच हजार गाईबाच्छा संरक्षणका लागि उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १ : ५६ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर