प्रधानमन्त्री ओली तत्काल डिस्चार्ज हुने सम्भावना कम, मिर्गौला प्रत्यारोपणबारे अझै अन्योल « Khabarhub

प्रधानमन्त्री ओली तत्काल डिस्चार्ज हुने सम्भावना कम, मिर्गौला प्रत्यारोपणबारे अझै अन्योल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पतालमै रहने समय थप हुने भएको छ ।

एपेन्डिक्सको शल्यक्रिया पश्चात मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयुमा उपचारत प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बिने भएको हो ।

यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज गरिने बताएका थिए । तर, यो साता प्रधानमन्त्री ओली अस्पतालमै रहने स्रोतले बतायो ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जोखिमपूर्ण नै छ, त्यसैले शुक्रबारसम्म डिस्चार्ज गर्ने भनिए पनि सम्भावना न्युन छ,’ स्रोतले खबरहबसँग भन्यो ।

प्रधानमन्त्री ओली मनमोहन सेन्टरको आईसीयूमा भर्ना भएको मंगलबार एक साता पुगेको छ ।  मिर्गौलाका समेत बिरामी रहेका प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया पछि बोल्न र सहयोगीको साहारामा हिड्न सक्ने भएका छन् । तर, उनको स्वास्थ्य अवस्था भने जोखिमपूर्ण नै रहेको उपचारमा संलग्न एक चिकित्कले जानकारी दिए ।

१२ वर्ष अगाडी मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला पुन: विग्रिएकाले गत कात्तिकदेखि नियमित रुपमा डायलाइसिस समेत भइरहेको छ ।

प्रधानमन्त्रीको मिर्गौलाले काम नगरेपछि मनमोहन सेन्टरमा भर्ना भएयता नै आइसियुमै ४ पटक डायलाइसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको यसअघि नै मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति भएकाले एपेन्डिक्सको शल्यक्रियापछि संक्रमण हुने खतरा झनै बढेको चिकित्सकको भनाइ छ ।

मिर्गौला प्रत्यारोपणबारे अन्यौलता

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौला फेरि विग्रिएपछि चिकित्सकहरुले मिर्गौला पुन: प्रत्यारोपणका लागि छलफल र स्वास्थ्य परीक्षणहरु गराइरहेका थिए ।

तर, अप्रत्यासित रुपमा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएपछि उनको गत मंगलबार शल्यक्रिया भयो । एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्रीलाई संक्रमणको जोखिम झनै बढे पछि तत्काल मिर्गौला पुनः प्रत्यारोपणको विषयमा अन्योलता सिर्जना भएको छ ।

चिकित्सक तथा नेकपाका शीर्ष नेताहरुबीच पनि प्रधानमन्त्रीको मिर्गौला पुन: प्रत्यारोपणको विषयमा छलफल भइरहे पनि तत्काल मिर्गौला प्रत्यारोपण गर्ने विषयमा कुनै टुंगो नलागेको स्रोतले बतायो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : २४ बजे

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित