प्रधानमन्त्री ओली तत्काल डिस्चार्ज हुने सम्भावना कम, मिर्गौला प्रत्यारोपणबारे अझै अन्योल « Khabarhub

प्रधानमन्त्री ओली तत्काल डिस्चार्ज हुने सम्भावना कम, मिर्गौला प्रत्यारोपणबारे अझै अन्योल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पतालमै रहने समय थप हुने भएको छ ।

एपेन्डिक्सको शल्यक्रिया पश्चात मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयुमा उपचारत प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बिने भएको हो ।

यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज गरिने बताएका थिए । तर, यो साता प्रधानमन्त्री ओली अस्पतालमै रहने स्रोतले बतायो ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जोखिमपूर्ण नै छ, त्यसैले शुक्रबारसम्म डिस्चार्ज गर्ने भनिए पनि सम्भावना न्युन छ,’ स्रोतले खबरहबसँग भन्यो ।

प्रधानमन्त्री ओली मनमोहन सेन्टरको आईसीयूमा भर्ना भएको मंगलबार एक साता पुगेको छ ।  मिर्गौलाका समेत बिरामी रहेका प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया पछि बोल्न र सहयोगीको साहारामा हिड्न सक्ने भएका छन् । तर, उनको स्वास्थ्य अवस्था भने जोखिमपूर्ण नै रहेको उपचारमा संलग्न एक चिकित्कले जानकारी दिए ।

१२ वर्ष अगाडी मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला पुन: विग्रिएकाले गत कात्तिकदेखि नियमित रुपमा डायलाइसिस समेत भइरहेको छ ।

प्रधानमन्त्रीको मिर्गौलाले काम नगरेपछि मनमोहन सेन्टरमा भर्ना भएयता नै आइसियुमै ४ पटक डायलाइसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको यसअघि नै मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति भएकाले एपेन्डिक्सको शल्यक्रियापछि संक्रमण हुने खतरा झनै बढेको चिकित्सकको भनाइ छ ।

मिर्गौला प्रत्यारोपणबारे अन्यौलता

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौला फेरि विग्रिएपछि चिकित्सकहरुले मिर्गौला पुन: प्रत्यारोपणका लागि छलफल र स्वास्थ्य परीक्षणहरु गराइरहेका थिए ।

तर, अप्रत्यासित रुपमा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएपछि उनको गत मंगलबार शल्यक्रिया भयो । एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्रीलाई संक्रमणको जोखिम झनै बढे पछि तत्काल मिर्गौला पुनः प्रत्यारोपणको विषयमा अन्योलता सिर्जना भएको छ ।

चिकित्सक तथा नेकपाका शीर्ष नेताहरुबीच पनि प्रधानमन्त्रीको मिर्गौला पुन: प्रत्यारोपणको विषयमा छलफल भइरहे पनि तत्काल मिर्गौला प्रत्यारोपण गर्ने विषयमा कुनै टुंगो नलागेको स्रोतले बतायो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : २४ बजे

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन