भुटानविरुद्धको फुटबलमा नेपालले गर्‍यो चौथो गोल | Khabarhub Khabarhub

भुटानविरुद्धको फुटबलमा नेपालले गर्‍यो चौथो गोल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानविरुद्धको खेलमा नेपालले ४ गोल प्रहार गरेको छ ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा लगातारजसो ३ गोल प्रहार गरेको हो ।

खेलको शुरुवाती ५ औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट नेपालले अग्रता लिएको थियो ।

दोस्रो हाफ शुरु भएसँगै ४९ औं मिनेटमा पुनः सुजलले नै दोस्रो गोल गरे ।

यस्तै, ६५ औं मिनेटमा अभिशेक रिजालले तेस्रो गोल गरे भने ७६ औं मिनेटमा मिक्चेल तामाङले चौथो गोल गरे ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानसंग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो । नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान समूहमा रहेका छन् ।

सबै टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ११ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी