१३ औं सागको फुटबलमा नेपालको सुखद शुरुवात, भुटान ४–० ले स्तब्ध | Khabarhub Khabarhub

१३ औं सागको फुटबलमा नेपालको सुखद शुरुवात, भुटान ४–० ले स्तब्ध


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयपछि दशरथ रंगशालामा फर्किएको नेपाली फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा सुखद शुरुवात गरेको छ ।

१३ औं सागमा भुटानविरुद्धको पहिलो खेलमा नेपाल ४–० ले विजयी भयो । नेपालको जीतमा कप्तान सुजल श्रेष्ठले उत्कृष्ट २ गोल गरे ।

सुजलले खेलको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सुजलको गोलमा पहिलो हाफमा अग्रता बनाएको नेपालका लागि दोस्रो हाफमा सुजलले व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गरे । भुटानविरुद्व सुजलले ५० औं मिनेटमा दोस्रो गोल गरे।

घरेलु मैदानमा हजारौं दर्शकको साथ पाएको नेपालका लागि युवा स्टार अभिषेक रिजालले खेलको ६५ औं मिनेटमा तेस्रो गोल गरे।

७५ औं मिनेटमा नेपालले पाएको फ्रिकिक प्रहार गर्न आएका मिक्चेनले नेपालका लागि चौथो गोल गरे ।

पहिलो खेल जितेको नेपालले ३ अंक बटुलेको छ। यस्तै २ खेल खेलेको भुटानको ३ अंक रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ।


तस्वीरहरु– अदिप श्रेष्ठ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ३७ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको