१३ औं सागको फुटबलमा नेपालको सुखद शुरुवात, भुटान ४–० ले स्तब्ध « Khabarhub

१३ औं सागको फुटबलमा नेपालको सुखद शुरुवात, भुटान ४–० ले स्तब्ध


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयपछि दशरथ रंगशालामा फर्किएको नेपाली फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा सुखद शुरुवात गरेको छ ।

१३ औं सागमा भुटानविरुद्धको पहिलो खेलमा नेपाल ४–० ले विजयी भयो । नेपालको जीतमा कप्तान सुजल श्रेष्ठले उत्कृष्ट २ गोल गरे ।

सुजलले खेलको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सुजलको गोलमा पहिलो हाफमा अग्रता बनाएको नेपालका लागि दोस्रो हाफमा सुजलले व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गरे । भुटानविरुद्व सुजलले ५० औं मिनेटमा दोस्रो गोल गरे।

घरेलु मैदानमा हजारौं दर्शकको साथ पाएको नेपालका लागि युवा स्टार अभिषेक रिजालले खेलको ६५ औं मिनेटमा तेस्रो गोल गरे।

७५ औं मिनेटमा नेपालले पाएको फ्रिकिक प्रहार गर्न आएका मिक्चेनले नेपालका लागि चौथो गोल गरे ।

पहिलो खेल जितेको नेपालले ३ अंक बटुलेको छ। यस्तै २ खेल खेलेको भुटानको ३ अंक रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ।


तस्वीरहरु– अदिप श्रेष्ठ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ३७ बजे

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६