दलितले खोलाको पानी पिउँदा समेत घारा छुन दिँदैनन् गैरदलित परिवार « Khabarhub

दलितले खोलाको पानी पिउँदा समेत घारा छुन दिँदैनन् गैरदलित परिवार


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ पारित भएको आठ वर्ष वितिसक्दा पनि अझै जातीय छुवाछूतको जरा उखेलिन सकेको छैन ।

डडेल्धुराको अमरगढी नगरपालिकाकै वडा नं ५, ६, ७ र ८ का एउटै टोलमा रहेका दलित र गैरदलित परिवार छुट्टाछुट्टै नोला र धाराको पानी प्रयोग गर्छन् । दुवैका नोला र धारा करीब १५ देखि ५० मिटरको फरकमा हुन्छन् ।

बाक्लो बस्ती रहेको अमरगढी नगरपालिका–६ छचोडामा २ सय ५० दलित सुमुदायका टमटा जाती बस्छन् भने २० गैरदलित साहु र खड्का र रावल थरका मानिस बस्छन् । टमटा गाउँमा दलितको नोला (पानी मुहान)  र धारामा पानी नहुँदा गैरदलितको नोला र धारामा प्रशस्त पानी भएको बेलामा समेत पानी प्रयोग गर्न नपाइएको स्थानीय शिक्षक भक्तबहादुर बिकले बताए ।

स्थानीय समाजसेवी पदम ताम्राकारले दलित समुदाय गर्मीयाममा पानीका लागि रातभरी जाग्राम बस्नुपर्ने वा दुई घण्टाको पैदलदुरीमा रहेको खोलाबाट फोहर पानी पिउनुपर्ने बाध्यता रहेका बताए ।

अमरगढी–७ जोशी गाउँमा पनि दमाईँ र जोशी परिवारका लागि छुट्टाछुट्टै पानी धारा बनाइएका छन् । सो गाउँमा दलितबाहेक जोशी परिवारको बाहुल्यता छ ।

पहिलाबाट नै छुट्टाछुट्टै धारा प्रयोग गरे पनि दलित परिवारलाई आफ्नो धारामा रोक नलगाएको जोशी परिवारको भनाइ छ । जोशी परिवारमा महिला महिनावारी र सुत्केरी हँुदा दलितले प्रयोग गर्ने धारामा नुहाउने गरेको स्थानीय सुनादेवी दमाइँले जनाए ।

दलित अगुवा भरत नेपाली दलित र गैरदलित दुवै समुदायको क्षमता र चेतनाको विकास नभएसम्म जातीय विभेदको दुरीको अन्त्य हुन नसक्ने बताउँछन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अझै पनि दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा, कुवा र पँधेरा रहेको पाइन्छ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : ३९ बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने