गृह मन्त्रालयद्वारा ५ जिल्लाका सीडीओको सरुवा | Khabarhub Khabarhub

गृह मन्त्रालयद्वारा ५ जिल्लाका सीडीओको सरुवा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा गरेको छ । चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्साको सीडीओ बनेर गएका छन् ।

यस्तै, भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टको मकवानपुरको सीडीओको रुपमा सरुवा भएको छ । मकवानपुरका सीडीओ प्रेमराज जोशीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा चितवन सरुवा भएको छ ।

भक्तपुरमा गृह मन्त्रालयमा कार्यरत सहसचिव हुमकला पाण्डे सीडीओ भएर गएकी छन् ।

गृह मन्त्रालयले लमजुङका सीडीओ (उपसचिव) डा. जिन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थानमा सरुवा गरेको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपचसचिव लक्ष्मण बहादुर खड्का लमजुङको सीडीओ भएर गएका छन् ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीका अतिरिक्त अन्य २ जना वरिष्ठ अधिकृतहरुको पनि सरुवा गरेको छ । गृह मन्त्रालयले

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ५ : २२ बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र