गृह मन्त्रालयद्वारा ५ जिल्लाका सीडीओको सरुवा « Khabarhub

गृह मन्त्रालयद्वारा ५ जिल्लाका सीडीओको सरुवा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा गरेको छ । चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्साको सीडीओ बनेर गएका छन् ।

यस्तै, भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टको मकवानपुरको सीडीओको रुपमा सरुवा भएको छ । मकवानपुरका सीडीओ प्रेमराज जोशीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा चितवन सरुवा भएको छ ।

भक्तपुरमा गृह मन्त्रालयमा कार्यरत सहसचिव हुमकला पाण्डे सीडीओ भएर गएकी छन् ।

गृह मन्त्रालयले लमजुङका सीडीओ (उपसचिव) डा. जिन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थानमा सरुवा गरेको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपचसचिव लक्ष्मण बहादुर खड्का लमजुङको सीडीओ भएर गएका छन् ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीका अतिरिक्त अन्य २ जना वरिष्ठ अधिकृतहरुको पनि सरुवा गरेको छ । गृह मन्त्रालयले

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ५ : २२ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर