१३ औं सागमा नेपालले जित्यो २३ स्वर्ण « Khabarhub

१३ औं सागमा नेपालले जित्यो २३ स्वर्ण


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले २३ औं स्वर्ण पदक जितेको छ ।

नेपालका लागि तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले २३ औं स्वर्ण पदक जितेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

यसअघि तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा नेपाललाई २२ औं स्वर्ण दिलाएकी थिइन् ।

काजलले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ११ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको