भारतसँगको भलिबल भिडन्तका दृश्य– उपराष्ट्रपतिको अंकमालदेखि हलमा नअटाएका दर्शकसम्म | Khabarhub Khabarhub

भारतसँगको भलिबल भिडन्तका दृश्य– उपराष्ट्रपतिको अंकमालदेखि हलमा नअटाएका दर्शकसम्म



काठमाडौं– समूहगत खेलमा नेपाल र भारतबीच हुने प्रतिस्पर्धा नेपाली दर्शकका लागि ‘प्रतिष्ठा’कै विषय बन्ने गर्छ ।

खासगरी भलिबल र फुटबलमा नेपाल र भारतबीच हुने प्रतिस्पर्धामा नेपाली समर्थकहरुले नेपाली टोलीलाई ‘सकेजति’ साथ दिने गर्छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मंगलबार महिला भलिबलको फाइनलमा पनि नेपाली टोलीले घरेलु दर्शकको भरपूर साथ पायो ।

राष्ट्रिय खेलकुद परिसरको कभर्डहलमा भएको खेलको पहिलो सेट भारतले २५–१७ जित्दा नेपाली दर्शक निराश बनेका थिए । तर, दोस्रो सेट खेल्दा नेपाली टोली लयमा फर्कियो ।

नेपाली टोलीको समर्थनमा पुगेका दर्शकले दशरथ रंगशालाको कभर्डहल भरिभराउ थियो । महिला भलिबल खेलाडीलाई हौसला दिन उपराष्ट्रपति नन्दबहादुर पुन र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालगायतका विशिष्ट व्यक्ति पनि कभर्ड हल पुगेका थिए ।

नेपालले जब दोस्रो र तेस्रो सेटमा जीत हासिल पार्‍यो, कभर्ड हलको माहौल नै बेग्लै भयो । समर्थकहरु नेपाल… नेपाल… भन्दै टोलीको हौसला बढाउन तल्लिन थिए ।

नेपाल र भारतबीचको खेलले दर्शकसँगै भीभीआईपीको मुटुको ढुकढुकी पनि बढाएको थियो, सायद ! भारतसँगको तेस्रो सेट (लगातार दोस्रो) को नतिजा पनि नेपालले आफ्नो पक्षमा पार्दा उपराष्ट्रपति नन्दबहादुर पुनले उठेरै खेलकुदमन्त्री विश्वकर्मालाई अंकमाल गरे ।

नेपालले लगातार दोस्रो सेट पनि आफ्नो पक्षमा पार्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले भलिबल संघका पदाधिकारीलाई बधाई दिए ।

सदस्य सचिव सिलवाल नेपालले भारतविरुद्ध ‘सट’ प्रहार गर्दा उभिएरै ताली बजाउँथे ।

हलमा नअटाएका दर्शक

केही वर्ष अगाडि मात्रै राष्ट्रिय खेलकुदको मान्यता पाएको भलिबलका नेपालमा मौलिक दर्शक छन् । नेपालको पहाडी क्षेत्रमा सबैभन्दा बढी खेलिने खेल पनि हो भलिबल ।

नेपाल केही बलियो मानिएको समूहगत खेलअन्तर्गतको फुटबलमा भारतले सहभागिता नजनाउने भएपछि नेपाली दर्शक भारतसँग हुने भलिबल खेलका लागि प्रतिक्षामा थिए । तर, पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो ।

महिला भलिबल टिमको फाइनल भिडन्त भारतसँग पक्का भएपछि दर्शकहरुले धेरै पहिलेदेखि नै अनलाईनबाट टिकट खरिद गरिसकेका थिए ।

भारतसँगको खेल शुरु नहुँदै मंगलबार राखेको कभर्ड हल दर्शकले भरिभराउ भइसकेको थियो ।

केही ढिला पुग्ने दर्शकहरुले भित्र प्रवेश गर्न नै पाएनन् । टिकट खरिद गरेर गएकाहरुले पनि कभर्डहल बाहिरबाटै टिमको हौसला बढाउन हुटिङ गरे ।

घरेलु दर्शकको ‘अपार’ साथ पाएपनि महिला भलिबल टिमले फाइनल खेलको नतिजा भने आफ्नो पक्षमा पार्न सकेन ।

नेपाली महिला भलिबल टोली भारतसँग ३–२ सेटले पराजित भयो । भारतसँगको पराजयका बावदुद महिला भलिबलमा नेपालले रजत पदक हात पारेको छ ।


तस्विरहरु– अदिप श्रेष्ठ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : १९ बजे

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल