भारतसँगको भलिबल भिडन्तका दृश्य– उपराष्ट्रपतिको अंकमालदेखि हलमा नअटाएका दर्शकसम्म « Khabarhub

भारतसँगको भलिबल भिडन्तका दृश्य– उपराष्ट्रपतिको अंकमालदेखि हलमा नअटाएका दर्शकसम्म



काठमाडौं– समूहगत खेलमा नेपाल र भारतबीच हुने प्रतिस्पर्धा नेपाली दर्शकका लागि ‘प्रतिष्ठा’कै विषय बन्ने गर्छ ।

खासगरी भलिबल र फुटबलमा नेपाल र भारतबीच हुने प्रतिस्पर्धामा नेपाली समर्थकहरुले नेपाली टोलीलाई ‘सकेजति’ साथ दिने गर्छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मंगलबार महिला भलिबलको फाइनलमा पनि नेपाली टोलीले घरेलु दर्शकको भरपूर साथ पायो ।

राष्ट्रिय खेलकुद परिसरको कभर्डहलमा भएको खेलको पहिलो सेट भारतले २५–१७ जित्दा नेपाली दर्शक निराश बनेका थिए । तर, दोस्रो सेट खेल्दा नेपाली टोली लयमा फर्कियो ।

नेपाली टोलीको समर्थनमा पुगेका दर्शकले दशरथ रंगशालाको कभर्डहल भरिभराउ थियो । महिला भलिबल खेलाडीलाई हौसला दिन उपराष्ट्रपति नन्दबहादुर पुन र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालगायतका विशिष्ट व्यक्ति पनि कभर्ड हल पुगेका थिए ।

नेपालले जब दोस्रो र तेस्रो सेटमा जीत हासिल पार्‍यो, कभर्ड हलको माहौल नै बेग्लै भयो । समर्थकहरु नेपाल… नेपाल… भन्दै टोलीको हौसला बढाउन तल्लिन थिए ।

नेपाल र भारतबीचको खेलले दर्शकसँगै भीभीआईपीको मुटुको ढुकढुकी पनि बढाएको थियो, सायद ! भारतसँगको तेस्रो सेट (लगातार दोस्रो) को नतिजा पनि नेपालले आफ्नो पक्षमा पार्दा उपराष्ट्रपति नन्दबहादुर पुनले उठेरै खेलकुदमन्त्री विश्वकर्मालाई अंकमाल गरे ।

नेपालले लगातार दोस्रो सेट पनि आफ्नो पक्षमा पार्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले भलिबल संघका पदाधिकारीलाई बधाई दिए ।

सदस्य सचिव सिलवाल नेपालले भारतविरुद्ध ‘सट’ प्रहार गर्दा उभिएरै ताली बजाउँथे ।

हलमा नअटाएका दर्शक

केही वर्ष अगाडि मात्रै राष्ट्रिय खेलकुदको मान्यता पाएको भलिबलका नेपालमा मौलिक दर्शक छन् । नेपालको पहाडी क्षेत्रमा सबैभन्दा बढी खेलिने खेल पनि हो भलिबल ।

नेपाल केही बलियो मानिएको समूहगत खेलअन्तर्गतको फुटबलमा भारतले सहभागिता नजनाउने भएपछि नेपाली दर्शक भारतसँग हुने भलिबल खेलका लागि प्रतिक्षामा थिए । तर, पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो ।

महिला भलिबल टिमको फाइनल भिडन्त भारतसँग पक्का भएपछि दर्शकहरुले धेरै पहिलेदेखि नै अनलाईनबाट टिकट खरिद गरिसकेका थिए ।

भारतसँगको खेल शुरु नहुँदै मंगलबार राखेको कभर्ड हल दर्शकले भरिभराउ भइसकेको थियो ।

केही ढिला पुग्ने दर्शकहरुले भित्र प्रवेश गर्न नै पाएनन् । टिकट खरिद गरेर गएकाहरुले पनि कभर्डहल बाहिरबाटै टिमको हौसला बढाउन हुटिङ गरे ।

घरेलु दर्शकको ‘अपार’ साथ पाएपनि महिला भलिबल टिमले फाइनल खेलको नतिजा भने आफ्नो पक्षमा पार्न सकेन ।

नेपाली महिला भलिबल टोली भारतसँग ३–२ सेटले पराजित भयो । भारतसँगको पराजयका बावदुद महिला भलिबलमा नेपालले रजत पदक हात पारेको छ ।


तस्विरहरु– अदिप श्रेष्ठ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : १९ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको