सीमा क्षेत्रमा बीओपी राख्न जग्गा खोज्दै सशस्त्र प्रहरी « Khabarhub

सीमा क्षेत्रमा बीओपी राख्न जग्गा खोज्दै सशस्त्र प्रहरी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले सीमा क्षेत्र मिचेको विषय चर्चामा रहेका बेला सशस्त्र प्रहरीले कैलालीका सीमावर्ती क्षेत्रमा बोर्डर अवजर्भर पोस्ट (बीओपी) स्थापना गर्ने कार्य शुरु गरेको छ ।

सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएको कैलालीका विभिन्न ठाउँमा बीओपी स्थापनाका लागि प्रक्रिया शुरु गरेको हो ।

बीओपी स्थापनाका लागि हाल जग्गा खोज्ने कार्य भइरहेको जनाइएको छ ।

कैलाली जिल्लामा मात्रै भारतसँग १ सय १ किलोमिटर सीमा जोडिएको छ । तर, हालसम्म उक्त सीमाको अवलोकनका लागि भनेर ३ ओटा मात्रै बीओपी राखिएका छन् ।

हाल कैलालीको फुलबारी, लाबोझी र खक्रौलामा मात्रै सशस्त्र प्रहरीको बीओपी छ ।

तर, कैलालीसँग सीमा जोडिएको क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २१ ओटा सीमा सुरक्षा पोस्ट छन् ।

सशस्त्र प्रहरीले हाललाई कैलाली जिल्लाका थप ६ ठाउँमा बीओपी राख्ने जनाएको छ ।

सशस्त्र प्रहरीका धनगढीस्थित नम्बर ३४ गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) कमल तिउसिनाले कैलालीको बङ्गारा कटान, जुगेडा, खोनापुर, भूँइयाफाटा, हिक्मतपुर र श्रीलंका टापुमा बीओपी राख्नका लागि जग्गा खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : ३९ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर