दाङमा उपचुनाव लडेका १६ उम्मेदवारको जमानत जफत | Khabarhub Khabarhub

दाङमा उपचुनाव लडेका १६ उम्मेदवारको जमानत जफत


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्रमा २४ हजार २८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री (ओली) विजयी भएकी थिइन् भने नेपाली काँग्रेसका केशवराज शर्माले (आचार्य)ले १९ हजार १८२ मत ल्याएका थिए । तीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ ।

राप्रपाका भुपाल रावतले २२५, राप्रपा संयुक्त छोटीलाल थारूले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् भने काँग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको थियो । निर्वाचनमा ७९७ मत बदर भएको थियो ।

निर्वाचनमा सदर मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन । दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा जम्मा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।

त्यस्तै घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ । सात जनाले उम्मेदवारी दिएकामा नेपाली काँग्रेसका ताराबहादुर डाँगी १ हजार २२२ मत ल्याएर विजयभएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ प्राप्त गरेका थिए । साथै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत ल्याएका थिए ।

यी बाहेक अन्य विमला पुन (सङ्घीय समाजवादी) ३१, प्रकाश केसी (राप्रपा) १९, पहलमान आलेले (नेशनल मङ्गोल) ३०, समीर वली (स्वतन्त्र)ले २३ मत ल्याएकोमा चारैजनाको भने जमानत जफत भएको छ । घोराही–१६ मा खसेको ३ हजार २ सय २६ मतमा ६८ बदर भएको थियो । सोही मतको दश प्रतिशत ३ सय १६ हुन आउँछ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ५८ बजे

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र